0 COMMENTS

हामी प्राय मानिसहरु पु्रुषको धेरै कुराहरु मन पराउदैनौ । पुरुष जति सभ्य सुुःस्कारयुक्त भएको भनिए पनि दैनिक जीवनका उसका धैरै आनिबानीहरु उनीहरुका पार्टनरहरु मनपराउँदैनन् । जस्तै मोजा खोलेर जथाभावि फाल्नु, नुहाएर टवेल ठिक ठाउँमा नराख्नु, आफ्नो कपडा धुन जागर नगर्नु, टाइममा घरमा नआउनुु कतिपयले परिवारलाई समय नदिनु लगायतका कतिपय पुरुषका आनिवानी महिलाहरु तथा परिवारलाई राम्रो लाग्दैन । तर, महिलाहरुले पुरुषलाई जसरी उनीहरुको आनीबानीमा आलोचना गर्ने बानि हुन्छ । त्यस्तै कतिपय महिलाका आनीबानीहरु पुुरुषलाई पनि मन परेको हुँदैन । पुरुषहरुले मुख खोलेर नभने पनि महिलाहरुको धेरै आनिबानी मन नपराउने गरेको विज्ञहरु बताउँछन ।

यसो गर र उसो नगर भन्ने बानी

अधिकांश महिलाहरुले पुुरुष साथीलाई यसो गर र उसो नगर भनेर निर्देशन दिने बानी पुुरुषहरु पटक्कै मन पराउँदैनन् । महिलाहरुले कुरा–कुरामा उनीहरुलाई रोकतोक गरेको मन पर्दैन । अधिकांश पुुरुषहरु घण्टौ बसेर क्रिकेट या फुुटवल हेर्न मनपराउँछन् । खेल हेर्दाहेदै चिच्याउन, भिडीयो गेममा घण्टौ लिप्त रहन, साथिभाइसँगै खुलेर कुरा गर्न उनीहरु औधी मन पराउँछन् । उनीहरु यस्ता कुुरामा आफ्नी श्रीमती वा गर्लफ्रेन्डसँग सम्झौता गर्न रुचाउँदैनन् ।

कतिखेर के बोल्ने भन्नेमा ख्याल नगर्ने बानी
पुुरुषहरु आफ्नो महिला पार्टनरबाट आफूहरुले कुरा गर्ने टाइम, कुरा गर्दा कोसँग कुरा गरेको छु, विषय के हो ? आफूूले कुरा राख्ने समय कुन हो ? भन्ने कुरा ख्याल गरिदिए हुन्थ्यो भन्ने आसा राख्दछन् । पुरुषहरु फोनमा कुरा गर्दा, टीवी हेर्दा लगायतका केही विषयमा महिलाहरु विचमा बोलेको मन पराउँदैनन् । साथै पुुरुषहरु यो पनि मन पराउँदैनन, अफिसमा काम सकेर घर पुुग्न पाएको छैन महिलाहरु दिनभर घरमा भएका झिना मसिना कुराहरु लिएर गुनासोहरु गर्छन । धेरै महिलाहरुले यस्ता बानी छन भने यसलाई परिवर्तन गर्न जरुरी छ की जसले कुनै खटपट बिना सम्बन्ध अगाडि बढाउन सहयोग गरोस ।

आफ्ना साथीहरुसँग भेट गराउन खोज्नु

पुुरुषहरु आफैमा पनि फरक सोँचका हुन्छन् । धेरै महिलाहरु आफ्ना प्रेमी वा पतिलाई आफ्ना साथिहरुसँग भेट गराउन चाहान्छन्, जुन कुुुरा पुुरुषहरु मन पराउँदैनन् । जवसम्म पुुरुषहरु स्वयम यस्ता कुरामा चासो राख्दैनन् तब सम्म उनीहरु यस्ता भेटघाटका कुरामा चासो राख्दैनन् । महिलाहरु यस्ता कुुरालाई हल्का रुपमा लिएपनि पुुरुषहरु चिढिने गर्छन ।

खाना बनाएर मन जित्नुस

धेरै पुुरुषहरु खानाका शौकिन हुन्छन् । तर, उनीहरु आफूूहरुलाई खाना बनाउन नपरे हुन्थ्यो भन्नेमा पनि हुन्छन । जव उनीहरु बाहिरबाट आउँछन महिलाको हातले बनाएमो मिठो खाना खान चाहान्छन् । बाहिरबाट फर्कदा आफूूलाई खाना बनाउनुप¥यो भने उनीहरु रिसाउछन् । महिलाहरुले यो कुुरामा ध्यान दिनुस । उनीहरुलाईै सोधेर के मन पर्छ त्यहि बनाउनुस ताकि तपाइ घरमा नभएको बेलामा पनि उनीहरु तपाइको अनुुपस्थिति महसुस गरुन ।
तरकारी किन्नः महिलाहरुलाई जति किनमेल गर्न मनपर्छ त्यति पुुरुषहरुलाई मन पर्दैन । उनीहरुकेही न केही बहाना बनाएर त्यो काम गर्नबाट टाढा हुन्छन् । उनीहरुलाई दिनभर बजार घुुमेर बजार भाउ बुुझ्न र किन्न मन पराउँदैनन । अझै तरकारी र फलफुुल किन्न त झनै चासो राख्दैनन् ।
म राम्री देखिएकी छुु ?

यदि तपाइ म राम्री देखिएकी छु भनेर आफ्ना श्रीमान या पार्टनर सँग सोध्नुु भयो भने कम पुुरुष साँचो बोल्छन् । उनीहरु महिलाहरुले गार्हो नमानुन भनेर झुट बोल्ने गर्छन । त्यसैले यस्ता कुराहरु सोध्नुभन्दा पहिला आफैले ऐना अगाडि उभिएर हेर्ने गर्नुस तपाइलाई मनपर्ने जवाफ ऐनाले दिनेछ ।
हरेक कुरामा फोन गर्ने बानी

पुुरुषहरु यस्ता कु्रालाई मन पराउँदैनन, जुन कुरा महिलाहरु हरेक कुरामा फोन गरेर सोँधेको मन पर्दैन । महिलाहरु खाना बनाउने देखि लिएर साडी या अन्य कपडाको रोजाइ सम्म सोध्ने बानी गर्छन । यी कुरामात्र नभएर बाटो बिराउँदा पनि महिलाहरु फोन गरेर सोध्ने गर्छन । यस्ता कुरामा पुुरुषहरु सोच्ने गर्छन आफ्नो महिला पार्टनर बाटोमा हिड्दा त्यसको बारेमा लेखेर राख्ने र सम्भव भएसम्मआफ्नो बाटो पैल्याउने खुुवी आफैले राखुन भन्ने ठान्छन । महिलाहरुले पुुरुषलाई डिस्र्टब गर्नु भन्दा पहिले आफ्नो मष्तिष्कको प्रयोग गरुन भन्ने चाहान्छन् ।
सम्बन्धलाई राम्रो बनाएर अगाडि बढाउन आपसी समझदारी, इमान्दारीता विश्वासका साथै मन पर्ने र नपर्ने कुरा पनि महत्वपुुर्ण हुन्छ । त्यसैले एक अर्काको बानी बुुझेर व्यवहार गरेमा सम्बन्ध जीवनभर खुसीयालीमा वित्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।