0 COMMENTS

काठमाडौ२६चैत०७४/ आदिवासी क्षेत्री समुदायअन्तर्गत खप्तडी बस्नेतहरुको फर्पिङमा हुने कुलपुजाको तयारी तिब्र पारिएको छ।फर्पिङमा काठमाडौ उपत्यकामा रहेका खप्तडी बस्नेतहरुले हरेक तीन वर्षमा कुलपुजा (देवाली) गर्ने परम्परा छ। प्रकृति पूजक खप्तडी बस्नेतहरु मष्टको पुजा गर्ने गर्दछन् । हरेक ६ महिना अर्थात मंसिरे पूर्णिमा र चण्डी पूर्णिमाका अवसरमा गोठधुप गरेर कुलपुजा गर्ने बस्नेतहरुले हरेक तीन वर्षमा देउवालीका रुपमा भव्य कुलपुजा गर्ने चलन छ।

खप्तडी बस्नेतहरुले गर्ने कुलपुजामा एकरुपता नभए पनि त्यसका लागि प्रयास भने भइरहेको खप्तडी बस्नेत एकीकृत समिति तथा खप्तडी बस्नेत कल्याणकारी कोषले जनाएको छ। खप्तडी बस्नेतहरुको कुलपुजा देशका विभिन्न स्थानमा हुने भए पनि त्यहाँ जान नसक्ने राजधानीमा रहेका र उपत्यकाका अधिकांश स्थायी बसोबास गरिरहेका खप्तडी बस्नेतहरु भने फर्पिङमा निर्मित कुलमन्दिरमा गएर पुजा गर्ने गर्दछन् ।

हरेक तीन वर्षमा हुने कुलपुजामा ७ देखि १३ सय परिवार कुलपुजाका लागि फर्पिङ आउने गरेको स्थानीय मुलधामी रामबहादुर बस्नेतले जानकारी दिनुभयो । यो वर्ष पनि त्यही हाराहारीमा भाइबन्धु कुलपुजाका लागि आउने भएकाले तयारी तिब्र पारिएको बस्नेतले जानकारी दिनुभयो ।

राजधानीको डिल्लीबजारस्थित भोजनगृहमा बसेको तयारी समितिको बैठकले कुलपुजाका लागि सबै तयारी गर्ने निर्णय गरेको छ । पूर्वमा धेरैजसो स्थानका कुलपुजा अघिल्लो वर्ष सकिए पनि उपत्यका र पश्चिम नेपालका जिल्लाहरुमा यो वर्ष कुलपुजा (देवाली) गरिन लागेको हो ।
लमजुङ, उदयपुरलगायतका जिल्लामा पनि यही वर्ष देवाली गरिँदैछ । राजधानीमा रहेको कतिपय खप्तडी बस्नेतहरु भने आफ्नो कुलपुजाका लागि लमजुङ जाने गरेको खप्तडी बस्नेत कल्याणकारी कोष ललितपुरका अध्यक्ष मुनु बस्नेतले जानकारी दिनुभयो ।

कुल, वंशहितका लागि राजधानीबाट नजिकै रहेको फर्पिङमा खप्तडी बस्नेतहरुको कुलमन्दिर रहेको छ। राजधानीमै बसोबास गरिरहेका र यहाँ अस्थायी रुपमा बसोबास गरे पनि आफ्नो जिल्ला पुग्न असमर्थ खप्तडी बस्नेतहरुले फर्पिङमा कुलपुजा गर्ने गरेका छन् ।

बैंशाख १६ गते फर्पिङमा हुने कुलपुजामा सहभागी बन्न चाहने जोसुकै खप्तडी बस्नेतले फर्पिङस्थित मन्दिर वा काठमाडौको तीनकुनेमा रहेको खप्तडी बस्नेत कल्यणकारी कोषको कार्यालयमा सम्पर्क गर्न सक्ने कोषका महासचिव कृष्णबहादुर बस्नेतले जानकारी दिनुभयो ।राजमार्ग डटकम

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।