0 COMMENTS
शंकर थापा

सुदुर पश्चिम् कैलाली जिल्लाको घोडाघोडी नगरपालिका ९ मा जन्मेर धरान औषधी बिज्ञान स्नातक तह अध्यापन गर्न धरान आएका शंकर थापा रंगमञ्चमा देखा परेका छन।रंगभुमी एकेडेमीमा बिष्णु मोक्तानसंग अभिनय प्रशिक्षण लिएका थापा बिष्णु मोक्तान कै निर्देशन रहेको नाटक इङघङमा अभिनय गरेर आफ्नो कौशल देखाइ सकेको छ।पहिलो नाटकबाट नै चर्चा कमाएको थापा रंगमञ्चलाई निरन्तर दिने बताउनुहुन्छ।

तुलशा थापा

धरान ५ देउराली जन्मेका तुलशा थापा रंगभुमी एकेडेमीमा नै बिष्णु मोक्तानसंग अभिनय प्रशिक्षण लिएको हो ।थापा ५०को दशक पछि सुस्ताएको रंगमञ्च बिउताउने एक हस्ती हुन अबको धरानको रंगमञ्चको भविष्य थापाको हातमा पनि छ।नाटक इङघङ जति चर्चा रहयो उतिनै चर्चा तुलशा थापाको पनि छ।थापा भन्छन अब धरानको रंगमञ्चलाई निरन्तर दिनको लागि निरन्तर लागि पर्ने छु।

हरि इवाहाङ लिम्बु
धनकुटा जिल्लाको साबिकको फाक्सिब ६ मा जन्मेका हरि इवाहाङ लिम्बु पनि धराने रंगमञ्च बिउझ्याउने एक हस्ती हुन नाटक इङघङबाट आफ्नो परिचय स्थापित गराइसकेको छन। भोलि दिनमा रंगमञ्चलाई निरन्तर दिने बताउछन् लिम्बु ।धरानमा रंगमञ्चको स्थिति ५० को दशक अगि जुन माहोल थियो त्यही माहोल सिर्जना गर्ने लागि पर्ने कुरा समेत बताउनु हुन्छ ।

सोनाम मगर
धराने रंगमञ्चले नै जन्माएको अर्को कलाकार हुन सोनाम मगर। धरान १७ स्थितको मगर पनि एक हो जब धरानको रंगमञ्च सुस्ताएको बेला धरानको रंगमञ्चलाई बिउझ्यान सोनाम मगरको पनि हात छ। त्यस्तै धराने रंगमञ्चमा उदाएको कलाकारहरु कुमारी राई,उदिप लिम्बू,गेबि लिम्बू निस्चल कुलुङ पनि पर्छ।सबैको प्राय एउटै कुरामा जोड छ ।धरानमा सुस्ताएको रंगमन्चलाई बिउझ्याउने र धरानमा एउटा नाटक घर खडा गर्ने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।