0 COMMENTS

बि.स.२०७४ चैत्र १० गते । शनिबार । ईश्वी सन् २०१८ मार्च २४ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४० । चैत्र शुक्लपक्ष । तिथि सप्तमी ०९ घडी ३२ पला,बिहान ०९ बजेर ५५ मिनेट उप्रान्त अष्टमी । नक्षत्र मृगशिरा,२३ घडी ४५ पला,दिउसो ३ बजेर ३६ मिनेट उप्रान्त आद्रा । योग सौभाग्य ५१ घडी ४८ पला । करण वणिज,बिहान ९ बजेर ५५ मिनेट उप्रान्त भद्रा,रातको १० बजेर ४५ मिनेट उप्रान्त वव । आनन्दादिमा बज्र योग । चन्द्रराशि मिथुन । विश्व क्षयरोग दिवस ।काठमाडौँमा सूर्योदय ६ बजेर ७ मिनेट,सूर्यास्त बेलुका ६ बजेर १६ मिनेट । दिनमान ३० घडी २२ पला ।

मेष(चू,चे,चो,ला,लिई,लू,ले,लो,अ): व्यापार समय दिएपनि भनेजस्तो आम्दानी हुनेछैन । राम्रा काम गर्दा गर्दै आक्षेप लगाउनेदेखि सजक रहनुहोला । मान्यजनको मन जित्न नसक्दा विभिन्न अवसर बाट वञ्चित हुनुपर्नेछ । अस्वस्थताले पढाई लेखाइमा बाधा हुनेछ । छिमेकी तथा दाजुभाइ सँग घरायसी कुरामा मनमुटाव सिर्जना हुनेछ भने आफन्तले खासै साथ दिने छैनन् । हल्लाको लहैलहैको पछि लाग्दा समयमा काम गर्न सकिनेछैन भने पुराना समस्याहरू बिउँझिने छन् । आँट गर्न नसक्दा अरू भन्दा पछि परिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,बि,वू,वे,वा): अर्थ उपार्जनका विभिन्न स्रोतहरू जुट्ने हुँनाले पछिसम्म आम्दानी हुँने व्यावसायमा लगानी बढाउँन सकिनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । कुटुम्ब तथा आफन्तहरूले तपाईँको काममा सहयोग गर्नेछन् । माया प्रेमको गाँठो कसिलो भएर जानेछ । अध्यन तथा अध्यापनको क्षेत्रमा अरूभन्दा अगाडि बढी नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । खुसीको समाचार सुन्न पाइने तथा परिवारजनमा आत्मीय भाव बढ्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा): समस्या पर्दा साथ दिनेहरू प्रशस्त भेटिनेछन् । नयाँ प्रविधिको प्रयोग गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । व्यापारमा वृद्धि हुने तथा आर्थिक स्थिति मजभुत हुने हुँदा दैनिक राम्रो रहनेछ । प्रेममा नजिक भई आफ्ना भावनाहरू साटासाट गर्न सकिनेछ । नोकरिमा पदोन्नति तथा नयाँ कामको खोजीमा रहनेहरुले काम पाउने योग रहेको छ । भौतिक तथा बिलाशि बस्तुको प्रयोग गर्न पाइने योग रहेको छ ।

कर्कट(ही,हु,हे,हो,डा,डी,डु,डे,डो): साथीभाइ तथा आफन्त हरेको भेटघाटले नयाँ काम गर्ने अवसर आयपनि फाइदाको लागि अलि बढी मेहनेत गर्नुपर्नेछ । कर्म क्षेत्रमा आउँने विवादले आत्मसम्मानमा कमीको महसुस हुँनेछ । आकस्मिक खर्च बढ्ने तथा आर्थिक सङ्कटको सामना गर्नुपर्नेछ । लामो दुरीको विदेश यात्राको तय हुँनेछ भने विदेशी सामानको व्यापार व्यावसाय बढेर जानेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउँने भए पनि दैनिक काम गर्न गाह्रो हुने छैन । पढाई लेखाइमा अलि बढिनै समय दिनुपर्नेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : समय मध्ययम रहेकोले व्यापार व्यावसायमा लगानी गर्न केही समय कुर्नुहोला । आम्दानी भन्दा खर्च धेरै हुनाले आर्थिक व्यावस्थापन गर्न समस्या देखिन सक्छ । पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । माया प्रेममा अविश्वास बढ्नेछ भने आफन्त तथा दाजुभाइ सँग साना साना कुरामा राय बाझिनेछ । धन सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला गलत ठाउँमा प्रयोग हुन सक्छ । सामाजिक क्षेत्रमा काम गर्ने अवसर आए पनि समय उपलब्धिबिहिन काममा अल्झनु पर्दा समय दिन सकिनेछैन ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) : व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुँने तथा आयस्रोतका बाटाहरू साँघुरा हुँनेछन् । घर परिवार तथा पति पत्नीबिच घरायसी कुरामा विवाद सिर्जना हुँनेछ । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरू सम्पादन गर्न सकिने अवस्था रहने छैन । गोप्य सूचनाहरू बहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मन कमजोर हुँने हुँनाले बित्या तथा प्र्रतिश्पर्धामा अरू भन्दा पछि परिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते): खोज तथा अनुसन्धानमा झुकाव बढ्ने हुँनाले सकारात्मक नतिजा ल्याउँन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गरी नाम तथा दाम कमाउँन सकिनेछ भने प्रशासनिक क्षेत्रमा तपाइकै वर्चस्व कायम रहनेछ । धार्मिक स्थल तथा तीर्थ यात्राको अधिक सम्भावना रहेको छ । शिक्षा तथा शिक्षासँग सम्बन्धित पेसा व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरी मनग्गे लाभ लिन सकिनेछ भने समयमा कामहरू बन्नाले आर्थिक क्षेत्र सबल बन्नेछ ।

बृश्चिक(तो,ना,नि,नू,ने,नो,या,यी,यु): तपाईँको काममा बाधा तथा अवरोध गर्नेहरुदेखि सजक रहनुहोला । व्यापारमा सन्तोषजनक आम्दानी भए पनि भानजस्तो हुनेछैन । भौतिक सम्पत्ति तथा बिलाशि बस्तुको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेको छ । माया प्रेममा नजिक भए पनि एक अर्काबिच मनमुटाव बढ्ने योग रहेको छ । आफन्त तथा दिदीबहिनी सँग सानो सानो कुरामा राय बाझिनेछ । सार्वजनिक पदमा बसेर काम गर्दै हुनुहुन्छ भने सजक रहनु पर्ने समय रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,डा,भे): व्यापार व्यावसायमा लगानी गर्ने वातावरण बन्ने हुँनाले प्रशस्त नाँफा कमाउँन सकिनेछ । आर्थिक रूपमा सुदृड हुँन सकिने हुँनाले दैनिकी सहज रूपमा अगाडिका बढ्नेछ । व्यावसायिक यात्रा हुँने गतिलो सम्भावना रहेको छ । पढाई लेखाइमा उल्लेख्य सुधार भएर जाने हुँनाले अरूलाई निकै तल छाड्न सकिनेछ । आफन्त तथा सबैको सहयोग पाइने हुँनाले नयाँ काम गर्ने जोस जाँगर बढेर जानेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै दाम्पत्य जीवन खुसी रहनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी): व्यावसायमा समय दिएपनि भनेजस्तो आम्दानी नहुँने हुँदा आर्थिक व्यावस्थापन गर्न असजिलो महसुस हुँनेछ । बित्या तथा प्रतिस्पर्धामा अरुणै हाबी हुँने हुँदा नतिजा अरूतिर जानेछ । मामा तथा मावलि पक्षसँग मनमुटाव सिर्जना हुँने ग्रहयोग रेहेकोछ । मौसमी रोगको प्रकोपले सताउँनेछ भने खानपानमा ध्यान नदिँदा उपचार खर्च बढ्न सक्छ । ऋण तथा सङ्कटको सामना गर्नुपर्दा दैनिकी असहज हुँनेछ । माया प्रेममा एक अर्कालाई अविश्वास गर्दा मनमुटाव सिर्जना हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सु,से,सो,दा) : व्यापार व्यावसाय फस्टाएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ हुँनेछ । सन्तानको प्रगति देखेर मन रमाउँनेछ भने वंश वृद्धिको गतिलो सम्भावना रहेको छ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुँने हुँनाले आफन्त हरू खुसी हुँनेछन् । आकस्मिक धन तथा सम्पत्ति लाभ हुँने योग रहेको छ । आफूले मन पराएको मानिसबाट उपाहार प्राप्त हुँने हुँनाले मन प्रसन्न रहनेछ । नयाँ योजनाहरू बनाई कार्यान्वयनको चरणमा लैजान सकिनेछ भने सोचेजस्तो आम्दानी गर्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची): पढाई लेखाइमा समय दिन नसक्दा अरू भन्दा पछि परिने चिन्ताले सताउनेछ । माया प्रेममा सामान्य घटपटको योग रहेको छ भने जीवन साथीको असहयोगले कामहरू समयमा सम्पन्न नहुने योग रहेको छ । राजनीति तथा समाजसेवामा प्रशस्त समय खर्चिएपनि उपलब्धि न्यून हुनेछ । समय तथा परिस्थितिको अध्ययन बिना चल्नाले दुख पाइनेछ । आफन्त तथा आमा सँग मनमुटाव सिर्जना हुने तथा टाडिएर यात्रा गर्नुपर्दा मन खिन्न रहनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।