0 COMMENTS

पुर्बमा नाटक मन्चन भैरहदा थोरै नाटकहरुले मात्र चर्चा पाउछ।चर्चा भैरहदा नाटक इङघङ पनि प्राय सबैको मनमा र मुखमा झुन्डिएको छ।यहि इङघङ नाटकको लेखक तथा निर्देशक हुन बिष्णु मोक्तान ।

पुर्बको विकट जिल्ला संखुवासभाको साबिकको नुनढाकी ६ सिङ्ग्रीङमा जन्मेर धरानलाई कर्मभुमी बनाएको मोक्तानले पहिलो नाटक लेखन तथा निर्देशन अब टाउको कहिले हालिन्छ धरानमा नै मन्चन गरेर धरानमा ५०को दशक पछी सुस्ताएको रंगमञ्चलाई बिउझाएको थिए।
रंगमञ्चमा केही गर्छु भन्ने उदेश्य लिएर पुर्बको विकट जिल्ला संखुवासभाबाट काठमाडौ छिरेर एमआर्ट थिएटरमा बिरेन्द्र हमालसंग अभिनय प्रशिक्षण लिएको थिए ।आफुले जानेको कुरा आफ्नै ठाउँमा गएर केही गर्छु भन्ने उदेश्यका साथ धरान फर्केका थिए।धरानको निदाएको रंगमञ्चलाई बिउझाउनुलाई बिगतको दिनमा निकै दुख गर्नु भएको कुरा सुनाउनु भयो।धरानको इतिहासमा पहिलोपटक नाटक हेर्न ४ हजार भन्दा बढी दर्शकले टिकट काटेर हेरेका थिए नाटक इङघङ।

रंगमञ्चको भोलिको दिनको एक हस्तीहुन बिष्णु मोक्तान नाटक इङघङकै मार्फतबाट धरानमा नाटक घर बनाउन लागिपरेका कुरा पनि सुनाउनु भयो र उहाले सवै कलासाहित्य प्रति रुचि राख्नुहुने प्रती धरानमा नाटकघर बनाउनको लागि सहयोगको पनि अपिल गर्नु भएको छ।सहयोग गर्नको लागि नाटक निर्माण सहयोगार्थ जुटाउनको लागि राष्ट्रिय बाणिज्य बैंककमा खोलिएको खाता नम्बर २१६०००५१२४०१ आर्थिक सहयोग गर्न सक्नुहुने कुरा समेत जानकारी दिनु भयो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।