0 COMMENTS

१५ प्रकारका खानेकुराहरु जसले तपाईको हरमनलाई ब्यालेन्समा राख्छ र तपाईको छालालाई सुकोमल बनाईराख्छ । छाला मुलायम तथा सुकोमल रहोस भन्ने चाहना कसालाई पो नहोला र ? तर कतिपय अवस्थामा हामीले थाहै नपाउनेगरि हाम्रो मुहारको छाला बिगरिदै गइरहेको हुन्छ । तर बाहिरी कारण जस्तै चर्को घाम तथा प्रदुशनले मात्र हाम्रो मुहारको छालालाई नोक्सान पुर्याउने होइन रहेछ । यो त हामीले सेवन गर्ने खानामा भरपर्ने रहेछ । खानामा गडबडी भएको खण्डमा हाम्रो शरीरको हरमोनमा गडबडी पैदा हुन्छ र मुहारमा डण्डीफोर, खटिरा, चाउरीपना ल्याउँछ ।

अनुहारमा डण्डीफोर, खटिरा नआवोस र मुहारमा नयाँ प्रकारको चमक कायम रहोस भन्ने उद्धेश्यका साथ हामी महँगा क्रिम तथा औषधीको प्रयोग गर्ने गर्छौ । तर हामीले प्रयोग गर्ने खाना हाम्रो छालाको सुरक्षामा प्रमुख भुमिका खेल्छ भन्ने कुरा हामीले कहिल्यै बिर्सनु हुँदैन । र अनुहार सुकोमल देखीराख्नका लागि स्वस्थकर खानाको आवश्यक पर्छ जसले शरीरको हरमनलाई ब्यालेन्समा राख्ने काम गर्छ । हरमन ब्यालेन्समा रहन सकेको खण्डमा हाम्रो छाला मुलायम तथा सुकोमल भैरहन्छ । आफ्नो अनुहार सुकोमल देखियोस भन्ने चाहना पुरुष भन्दा महिलामा अत्यधिक हुन्छ ।

१५ उपयुक्त खानेकुरा जसले मानव शरीरको हरमनलाई ब्यालेन्समा राख्ने काम गर्छ र तपाईको छालालाई सधैं सुकोमल तथा मुलायम बनाइ राख्छ ।

१. नरिवलको पानी : बिभिन्न अध्ययन अनुसार, नियमित रुपमा नरिवल तथा नरिवलको पानी खाने मानिसहरु संसारका अन्य मानिसहरु भन्दा स्वस्थ्य र जवान देखिने गरेको तथ्याङ्कले देखाएको छ ।

२. बदाम : बदाममा भिटामीन इ को मात्रा अत्यधिक हुन्छ जुन हाम्रो छालालाई नरम तथा मुलायम बनाई राख्न सहयोगी हुन्छ । बदामको सेवन गर्नाले यसले तपाईको छालालाई सुर्यको हानीकारक किरणबाट पनि बचाउँछ । एक अध्ययन अुनसार, भोलेनटियर जसले १४ मिलिग्राम अर्थात २० वटा बदाम प्रत्येक दिन खाएका थिए उसलाई सूर्यको सिधा प्रकाशमा राखियो । यसबाट के साबित भयो भने बदाम सेवन गर्ने मानिसलाई बदाम सेवन नगर्ने भन्दा सूर्यको किरणले थोरै हानी पुर्यायो ।

३. अण्डा: अण्डाले एचडीएल कोलोस्ट्रोल बढाउन मद्धत पुर्याउँछ , जुन हरमन निर्माणमा अति आवश्यक छ ।

४. बेसार : बेसारलाई सुनौलो देबी पनि भनिन्छ । यसले भाले र पोथी हरमनलाई ब्यालेन्समा राख्ने काम गर्छ ।

५. ब्रोकाउली : ब्रोकाउलीमा भिटामिन इ र सी प्रसस्त मात्रामा उपलब्ध छ, जसले मानव छालालाई सूर्यको सिधा प्रकाश बाट जोगाउने काम गर्छ ।

६. पानी : दैनिक करिव ६-८ ग्लास पानी सेवन गरिएन भने हाम्रो शरीर सुख्खा बन्छ जसका कारण अनुहारमा चाउरी पर्न थाल्छ । तसर्थ छाला मुलायम पार्ने क्रिममा पैसा खर्चिनु भन्दा प्रशस्त पानी पिउनु राम्रो हो ।

७. सुन्तला: सुन्तलामा भिटामिन सी को मात्रा अत्यधिक मात्रामा पाइन्छ । भिटामीन सी छालालाई नरम तथा मुलायम बनाइ राख्नका लागि अति आवश्यक छ ।

८. एभोकाडो : एभोकाडोको प्रयोग गर्नाले छालालाई मोइसचराइज्ड बनाइ राख्छ । यसमा फाइवर, पोटासियम, म्याग्नेसियम, फोलिक एसिड र भिटामिन इ, सी र बी को मात्रा अत्यधिक मात्रामा हुन्छ जुन हरमन ब्यालेन्स गर्न अति आवश्यक छ ।

९. हरियो सागपात : हरियो सागसब्जि जस्तै ब्रोकाउली, सलगमले छालामा नरमपना ल्याउँछ ।

१०. सेल फिश : सेल फिशमा जिङ्क प्रशस्त मात्रामा पाइन्छ र यसले छालालाई पुनस्थापन तथा मर्मत गर्न मद्धत गर्छ ।

११. लशुन : लशुनमा आशद्ध एक प्रकारको गुणले हाम्रो शरीरमा किटाणु तथा भाइरसलाई प्रबेश गर्न दिंदैन । साथै यसले डण्डीफेर र अन्य छाला जन्य रोग समेत लाग्न दिदैन ।

१२. किविफल : किविफलमा सुन्तला भन्दा बढी मात्रामा भिटामिन सी पाइन्छ र यसले छालालाई नरम पार्नुका साथै चाउरी पर्न दिदैन ।

१३. हरियो चिया : अध्यन अनुसार, हरियो चियामा आवद्ध छाला निरोधकले छालामा कुनै पनि प्रकारको घाउखटिरा लाग्न दिदैन ।

१४. दही : दहीमा भिटामीन ए को मात्रा प्रशस्त पाइन्छ जुनचाँही छालालाई स्वस्थ बनाइराख्न अति आवश्यक छ । दहीले तपाईको कम्मरको मोटाइलाई पनि कम पार्न मद्धत पुर्याउँछ ।

१५. ओखर : ओखर हाम्रो ’ब्रेन’ जस्तै देखिनुमा कारण छ । ओखर बास्तवमा ’ब्रेन फुड’ हो । ओखरमा भिटामीन बि को मात्रा अत्यधिक हुन्छ जुन छालालाई चिल्लो बनाउन, कपाल चम्किलो पार्न, आँखा तेजीलो पार्न र हाड बलियो पार्न मद्धत पुर्याउँछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।