0 COMMENTS

काठमाडौँ५चैत०७४/ सांसदको सपथ खान नपाइकन एकाएक भूमिगत हुन बाध्य भएका दीपक मनाङे हङकङमा लुकेर बसेको खुलासा भएको छ ।

कुनै बेला काठमाडौँको गुण्डागर्दीमा कहलिएका गुरुङ गएको चुनावमा मनाङबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । एमालेबाट चुनाव लड्न खोजेका मनाङे टिकट नपाएपछि स्वतन्त्र रुपमा लडेरै जितेका थिए । तर, सांसदको सपथ खान नपाउँदै उनी भूमिगत भएका छन् । उनी भारत हुँदै हङकङ पुगेको स्रोतले जानकारी दिएको छ । हङकङमा रहेका मनाङ जिल्लाबासीको शरणमा बस्दै आएका छन् ।

केही समय भारतमा बसेपनि त्यहाँ असुरक्षित महसुस गरेपछि मनाङे हङकङ पुगेको उनका सहयोगीले जानकारी दिए ।

२०६९ साउन २८ गते तत्कालीन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्दामा मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो । लामो समय गुपचुप रहेको फैसला पाँच वर्षपछि गत माघ २ गते सार्वजनिक भएको थियो ।

उनीमाथि २०६१ सालमा ‘गुण्डा नाइके’ चक्रे मिलन समूहसँग खुकुरी हानाहान हुँदा चक्रे मिलनको हात छिनाएको अभियोग छ । त्यही घटनामा संलग्न अन्य अभियुक्तहरु रेवती कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामालाई माघ २ गते सर्वोच्च अदालतले सफाइ दिए पनि मनाङेलाई पुनरावेदनले पहिल्यै ५ वर्षको कैद सजाय सुनाएको रहस्य बाहिर आएको थियो ।

जिल्ला अदालत काठमाडौंको फैसलाबमोजिम मनाङे दुई वर्ष जेल बसिसकेका छन् । जिल्ला अदालतको फैसलापछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सजाय कम भएको दाबी गर्दै उनको समूहविरुद्ध पुनरावदेन अदालत पाटनमा मुद्दा दायर गरेको थियो । पाटनले २०६९ सालमा अन्य चार जनालाई सफाइ दिँदै मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो ।

यसअघि फेब्रुअरी २२ मा नेपालले गुरुङको नाममा रेडकर्नर नोटिस जारी गर्न भन्दै कागजपत्र पठाए पनि इन्टरपोल मुख्यालयले अस्विकार गरेको थियो ।

उनको नाममा रेडकर्नर नोटिस जारी गर्न पत्र पठाउनुअगावै इन्टरपोल मुख्यालयमा उजुरी परेका कारण प्रहरीको पत्रलाई वेवास्ता गरिएको थियो । तर, नेपाल प्रहरीले फेरि गुरुङको अदालत फैसला र विगतको पृष्ठभूमि पठाएपछि इन्टरपोल मुख्यालयले गत साता सदर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।