0 COMMENTS

मिलन चाम्लिङ् धरान,४चैत०७४/ किरात याक्थुम चुम्लुङको दशौ महाधिवेशनबाट योगराज बनेम लिम्बू अध्यक्षमा निर्वाचित भएको छन। बिहीबार राती अबेरसम्म किरात याक्थुम चुम्लुङ हिम धरानमा भएको महाधिवेशनबाट तीन जना उपाध्यक्ष चयन भएको छन।जस्मा प्रेम योक्तान कमल तिगेल यामप्रसाद लिम्बु रहेको छन।महासचिवमा तिरन्ति तुम्बापो निर्वाचित भएको छन भने सचीवमा चार जना चयन भएको छन जस्मा भिमबहादुर योङहाङ,चन्द्रकुमार आङदाम्बे,योगेन्द्र पालुङ्वा,कमला फोम्बो चयन भएको छ भने कोषाध्यक्ष डम्बर कुमार तेम्बे चयन भएको छन।
केन्द्रिय सदस्यहरु चन्द्र यक्तेन इलाम,बिष्णु कुमारी लिम्बु तुम्बापो इलाम,बिष्णमाया चेम्जोङ, पुर्णबहादुर हाङश्रोङ झापा,गणेश कुमार चेम्जोङ,कमिता तुम्बापो पाँचथर,बसन्तसिंह खापुङ,सन्चमाया लिम्बु तेह्रथुम,नारायण याक्सो खिनकुमारी लिम्बु मोरङ,उदय बहादुर लावती,संगिता सुब्बा सुनसरी,हेमकुमार आङ्ला,सरस्वती मादेन लिम्बु धनकुटा,आइन्द्र कुमार लिम्बु,कल्पना योङहाङ लिम्बु काठमाडौ,

भबानी बिक्रम सम्बाहाम्फे भक्तपुर,बिजय लिम्बू सुनसरी,राज्यप्रसाद लुम्फुङवा तेह्रथुम,गोबिन्द आङबुङ,मनु चेम्जोङल,सिबकुमार लिम्बु ललितपुर,भबिन्द्र कन्दङवा चितवनबाट गरि जम्मा ३५ जना नयाँ केन्द्रिय सदस्य चयन गरिएको छ।समितिमा ३९ सदस्य रहने भएकोले चाडै ४ सदस्य थप गर्ने जानकारी दिनुभएको छ।

यता किरात याक्थुम चुम्लुङको नवनिर्वाचित कार्यसमितिले १४ जिल्लालाई समेटेर बनाएको प्रदेश नं १ लाई खारेज गरि अरुण पुर्ब ९ जिल्लालाई सिमाङ्कन गरि लिम्बुवान प्रदेश घोषणा गर्न जोडदार माग गरेको छ।अरुण पुर्ब ९ जिल्लालाई लिम्बुवान प्रदेश घोषणा नगरेसम्म आन्दोलन जारी रहने नवनिर्वाचित केन्द्रिय उपाध्यक्ष कमल तिगेल बताउनु भएको छन।
दशौ महाधिवेशन निर्णय सार्वजनिक गर्न धरानमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै नवनिर्वाचित केन्द्रिय महासचिव निरन्ती तुम्बापोले पहिचान बिरोधि कोसी,बिराट,सगरमाथा जस्ता नाम आएमा किमार्थ स्विकार्य नहुने समेत जानकारी दिनु भएको छ।दशौ महाधिवेशनले पारित गरेको २७ बुदे निर्णय सार्बजनिक गर्दै लिम्बूजन्य विभिन्न संघसंस्था राजनीतिक दल मोर्चा मिलेर समन्वय सहकार्य र मोर्चाबन्दी गर्दै संयुक्त आन्दोलन गर्ने समेत निर्णय पारित गरेको बताएको छन।

महाधिवेशनले लिम्बुवान भित्रको स्थानीय तहको नाम लिम्बुभाषामा नै राख्नु पर्ने र स्थानीय देखि प्रदेश सरकारको कार्यलयहरुमा लिम्बु भाषाको किरात सिरिजङ्गा लिपिमा साइनबोर्ड राख्न माग गरेको छन।त्यस्तै प्रदेश नामकरणको लागि धुर्ब सुब्बाको संयोजकत्वमा तदर्थ समिति गठन गरेको छन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।