0 COMMENTS

काठमाडौं ४,चैत्र०७४/ को जनआन्दोलनयता माओवादी केन्द्रका मात्रै ९५ जनाले मन्त्री बन्ने अवसर पाएका छन् । ०४६ सालयता सरकारमा ‘हालिमुहाली’ गरेका कांग्रेस-एमालेभन्दा ११ वर्षको अवधिमा बढी मन्त्री उत्पादन गर्ने पार्टी माओवादी बनेको छ । आजको अन्नपूर्ण पोस्टको पृष्ठ ४ मा यो खबर छापिएको छ ।

दोस्रो जनआन्दोलनपछि कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा माओवादी पहिलोपटक सरकारमा सहभागी भएको हो । त्यसयताको ११ वर्षमा ११ वटै सरकार बनेको छ भने ८ वटामा माओवादी सहभागी छ ।

०६६ मा बनेको माधवकुमार नेपालको सरकार, ०६९ मा बनेको खिलराज रेग्मीको चुनावी सरकार र ०७० मा दोस्रो संविधानसभापछि बनेको सुशील कोइराला नेतृत्वको सरकारबाहेक सबैमा माओवादी सहभागी छ । यसबीचमा तीनपटक माओवादी आफँैले सरकारको नेतृत्वसमेत गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले दुईपटक र डा. बाबुराम भट्टराईले एकपटक सरकारको नेतृत्व नै गरेका थिए ।

यो अवधिमा कुनै नेता यस्ता भाग्यमानी पनि बनेका छन् कि एकै जनाले ५-५ पटकसम्म मन्त्री बन्ने अवसर पाएका छन् । कृष्णबहादुर महरा र गिरिराजमणि पोखरेल सबैभन्दा बढी मन्त्री बन्ने माओवादी नेता हुन् । अन्य धेरैजसो नेताले पनि सरकारमा दोहोरिने, तेहोरिने अवसर पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।