0 COMMENTS

बि.स.२०७४ चैत्र ०४ गते । आइतबार । ईश्वी सन् २०१८ मार्च १८ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४० । चैत्र शुक्लपक्ष । तिथि प्रतिपदा,३० घडी ४८ पला,बेलुका ६ बजेर ३५ मिनेट उप्रान्त द्धितिया । नक्षत्र उत्तरभाद्रपदा,३५ घडी १८ पला,बेलुकी ८ बजेर २३ मिनेट उप्रान्त रेवती । योग शुक्ल ३३ घडी ३० पला,बेलुकी ७ बजेर ४० मिनेट उप्रान्त ब्रम्ह। करण किंष्तुध्न,बिहान ६ बजेर ३८ मिनेट उप्रान्त वव,साँझ ६ बजेर ३५ मिनेट उप्रान्त वालव । आनन्दादिमा स्थिर योग । चन्द्रराशि मीन । पञ्चक। ‘विरोधकृत्’ नव संवत्सर प्रारम्भ। बैतडीको गजुर, बनारसी मन्दिरमा कोटिहोम मेला प्रारम्भ। निमको पात खाने र तेल लगाउने (तैलाभ्यंग) सांस्कृतिक दिवस। चोभारमा आदिनाथ–स्नान। भद्रकाली पीठमा लिङ्ग पातन गर्ने। काठमाडौँमा सूर्योदय ६ बजेर १३ मिनेट,सूर्यास्त बेलुका ६ बजेर १३ मिनेट ।

मेष(चू,चे,चो,ला,लिई,लू,ले,लो,अ): स्वदेशी सामानको उत्पादन तथा बिक्री घट्न सक्छ भने विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छी गर्नेबानिले कामहरू बिग्रन सक्छ । अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिनेछैन । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुँनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,बि,वू,वे,वा): भौतिक सम्पतिहरु जुट्नेछन् भने उपाहार प्राप्त हुँने योग रहेको छ । नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउँन सकिनेछ । सरकारी सम्पत्ति तथा पृत्रिक सम्पत्ति हात लागि हुँने प्रशस्त सम्भावना रहेको छ । दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउँन सकिनेछ । विद्यामा राम्रो प्रगति हुँने हुँदा पढाई लेखाइमा मन जानेछ । बौद्धिकता प्रयोग गरी समाजमा राम्रा काम गरेर देखाउँन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा): बित्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै तपाइकै नाम अग्र स्थानमा आउँनेछ । व्यापार व्यावसायमा भने जस्तो नाँफा कमाउँन सकिनेछ भने थप लगानी बढाउँने बाताबण बन्नेछ । छोटो समयमा नाम तथा दाम कमाउँन सकिने हुँदा घर परिवारमा खुसीयाली छाउँनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्नीबिच विश्वास बढेर जानेछ । नयाँ नयाँ कामको प्रस्ताव आउँनेछ भने नोकरिमा पदोन्नति हुँनेछ ।

कर्कट(ही,हु,हे,हो,डा,डी,डु,डे,डो): साथीभाइ तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिने भए पनि विफल हुँने ग्रहयोग रहेको छ । स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरू सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । गोप्य सूचनाहरू बहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । प्रशासनिक क्षेत्रमा तपाईँको निम्न स्तरको सहभागिता रहनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउँनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला नराम्रो घट्न घट्न सक्छ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने तथा आर्थिक कारोबार बिग्रन सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुँनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ । आफन्त तथा साथीभाइ बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) : एकल तथा साझेदारी व्यापार व्यावसायमा लगानी गरी प्रशस्त नाफा कमाउँन सकिनेछ । पढाई लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुँनाले आफन्त तथा अग्रजहरू खुसी रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबिच मायाको डोरो कसिलो हुँनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते): व्यावसायमा लगानी बढाउँदा मनग्गे लाभ हुँनेछ । प्रतिष्ठित व्याक्तिुसँग प्रतिस्पर्धा गर्नुपरेपनि अन्ततः तपाइकै पक्षमा नतिजा आउँदा मन खुसी हुँनेछ । पढ्न पाढनमा अलि मन नजाँदा गृहकार्यहरू समयमा सकाउँन मुस्किल पर्नेछ । रमाइलो यात्रा हुँनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउँनेछ । प्रणय सम्बन्धमा विश्वास बढेर जाने तथा विवाह मार्फत सम्बन्धलाई लामो समय सम्म टिकाउँन सकिनेछ । विवाद प्रतिस्पर्धामा विपक्षहरूलाई हराउँदै अगाडि बढ्न सकिनेछ ।

बृश्चिक(तो,ना,नि,नू,ने,नो,या,यी,यु): सन्तान तथा परिवारले तपाईँको काममा खासै सहयोग गर्ने छैनन् भने अपाईको आलोचना गर्नेहरु बढ्ने ग्रहयोग रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउँने हुँदा दैनिक काम गर्न असजिलो महसुस हुँनेछ । माया प्रेममा धोका हुँनेछ भने घर परिवारमा आफन्त तथा पति पत्नी बिच मनमुटाव बढ्नेछ । व्यापार व्यावसाय खस्केर जाने हुँनाले दैनिक गुजारा गर्न गाह्रो हुँनेछ भने प्रतिस्पर्धीहरूको अवरोधले फाइदाको सम्भावना टरेर जानेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,डा,भे ): आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाव पाइने हुँनाले सुधारात्मक काम गर्न सहयोग हुँनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रो आम्दानी हुँनेछ । सामाजिक काममा समय दिनु पर्नेछ भने तपाईँको काम देखि सबै खुसी हुनेछन् । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्वसाधारण सँग सन्तुतिल व्यवहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमी हुँनेछ । सवारी साधनको व्यापार व्यावसाय सुरु गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी): छोटो तथा रमाइलो यात्राको तय हुँनेछ भने यात्राका क्रममा रमाइला तथा मन मिल्ने साथीभाइहरू भेटिनेछन् । प्रणय सम्बन्धमा सुधार हुँनेछ भने एक अर्काको सहयोगले खोजमुलक विषयमा मन जानेछ । आम्दानी बढाउँन गरिने कामहरू समयमा नै सम्पन्न गरी आर्थिक स्थिति मजभुत पार्न सकिनेछ । दाजुभाइको सहयोगले राम्रा तथा परिणाम मुखि कामगर्न सकिनेछ । विवादित विषयहरू तपाइकै पक्षमा आउँने हुँदा मन प्रसन्न रहनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सु,से,सो,दा) : व्यावसायमा नाँफा कमाउँन अरू दिन भन्दा बढी समय खर्चनु पर्नेछ । स्वास्थ्यमा समस्या आई दैनिक कामकाज गर्न नसकिने हुँनाले रुपैयाँ पैसाको ब्याबस्थापन गर्न गाह्रो हुँनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाईँ आफ्नै कारणले कमजोर रहनेछ । बोल्दा वा कुनै पनि प्रस्तुतिमा भाग लिँदा प्रशस्त तयारी गर्नुहोला कमजोरी गरेको वा भएको आभास हुँनेछ । तयारी बिनानै प्रस्तुत गरिने कुनै पनि योजना विफल हुन सक्छ ध्यान दिनुहोला ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची): अध्ययनमा सुधार भएर जानेछ भने अरूलाई पछाडि छोडेर अग्र पंतिमा आउँन सकिनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त भए पनि खानपानमा ध्यान नदिँदा स्वास्थ्य सम्बन्धी समस्या देखापर्न सक्छ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउँन सहज हुँनेछ । व्यावसाय फस्टाएर भने लगानीको नयाँ वातावरण बन्नेछ भने आम्दानीमा बढोत्तरीको योग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।