0 COMMENTS

बि.स.२०७४ चैत्र ०३ गते । शनिबार । ईश्वी सन् २०१८ मार्च १७ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९३९ । चैत्र कृष्णपक्ष । तिथि आंैषि,३० घडी ४७ पला,बेलुका ६ बजेर ३३ मिनेट उप्रान्त प्रतिपदा । चन्द्रराशि कुम्भ,दिउसो १ बजेर ३१ मिनेट उप्रान्त मीन । पञ्चका। दर्शश्राद्ध। घोडा जात्रा। हलो तथा निशा बार्ने औंसी। काठमाडौँमा सूर्योदय ६ बजेर १४ मिनेट,सूर्यास्त बेलुका ६ बजेर १३ मिनेट । दिनमान २९ घडी ५७ पला ।

मेष(चू,चे,चो,ला,लिई,लू,ले,लो,अ): स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउँन सक्छ ध्यान दिनुहोला । कामहरू समयमा नबन्नाले मानसिक तनाव बढ्नेछ । रुपैयाँ पैसाको कारोबार गर्दा ध्यान दिनुहोला भविष्यमा विवाद सिर्जना हुँन सक्छ । अध्ययनमा मन नजाने तथा प्रेममा फाटो आउँने अधिक सम्भावना रहेको छ । असजिलो तथा अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्दा दैनिक कामकाज गर्न गाह्रो हुँनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,बि,वू,वे,वा): पारिवारिक माहोलमा मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुँनेछ । कामहरू समयमा नै सम्पन्न हुँने हुँनाले थप काम गर्न जोस जाँगर बढेर आउँनेछ । सहयोगीहरूबाट आर्थिक लाभ हुँनेछ भने उपहार प्राप्तिको योग रहेको छ । तपाईँको चुम्बकिय ब्यात्तित्वले सबैको मन तान्नेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरू फर्किला हुँनेछन् ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा): व्यापार व्यावसायमा अरुदिन भन्दा अलि बढी समय दिनुपर्नेछ । कामगर्दा ख्याल गर्नु जरुरी देखिन्छ समयमा कामहरू सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ । पढाई लेखाई तपाईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । मध्यान्हबाट समय राम्रो रहेकोले राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ ।

कर्कट(ही,हु,हे,हो,डा,डी,डु,डे,डो): खोज तथा अनुसन्धानको क्षेत्रमा अलि बढी समय खर्चिए सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगति भएर जानेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तीरको यात्राको तय गर्न सकिनेछ । सरकारी तथा प्रशासनिक काममा कमजोर उपस्थिति रहनेछ । परिवारजनको असहयोगले नयाँ योजनाहरू थाती रहनेछन् । लामो दरीको शैक्षिक तथा धार्मिक यात्राको तय गर्न सकिनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे): अध्ययन अध्यापनमा अरूलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसी भएको महसुस गर्नेछन् । रमाइलो यात्राको तय हुँने तथा व्यापारबाट मनग्गे नाँफा कमाउँन सकिनेछ । साँझपख गोप्य सूचनाहरू बहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुँने हुँनाले विद्या तथा प्र्रतिश्पर्धामा अरू भन्दा पछि परिनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) : पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । परिस्थितिलाई आफ्नो पक्षमा ल्याउँन सकिने हुँनाले समयमा कामहरू बन्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबिच मायाको डोरो अझ कसिलो भएर जानेछ । पारिवारिक यात्रा हुँने अधिक सम्भावना रहेको छ भने यात्राका क्रममा विभिन्न रमाइला स्थलहरूको भ्रमण गर्न सकिनेछ । न्यायिक निर्णयहरू तपाइकै पक्षमा आउने हुनाले मन प्रसन्न हुनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते): चिताएको काममा बाधा हुँने तथा सोचेजस्तो नहुँनाले दैनिक कामगर्न गाह्रो महसुस हुँनेछ । बिना कारण तनाव बढ्ने तथा पढाई लेखाइमा पछि परिनेछ । गलत कामहरू भुलेरपनि नगर्नुहोला तुरुन्तै दण्ड तथा जरिवाना हुँने समय रहेको छ । मध्यान्हबाट समय राम्रो रहेकोले प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै अगाडि बढ्न सकिनेछ । आर्थिक मुद्दाहरू हल भएर जानेछन् भने नयाँ काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ ।

बृश्चिक(तो,ना,नि,नू,ने,नो,या,यी,यु): कुनै काम सुरु गर्नुभन्दा पनि पुरानै कामहरूलाई निरन्तरता दिनुहोला । चाहँदा चाहँदै पनि घरायसी सुख सुविधाहरू प्रयोग गर्न नपाउँदा मन खिन्न हुँनेछ । काम बिग्रने हुँदा राजकिय सम्मान पाउँने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरू हाबी हुँनेछन् । छातीमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुँनेछ । घर परिवार तथा साथीहरूबाट टाडिएर परदेशको यात्रा गर्नुपर्दा असहज महसुस हुँनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,डा,भे ): छिमेकीहरू माझ राम्रो कामिगर प्रशिद्धि कमाउँन सकिनेछ । सामाजिक सम्बन्धहरू सुदृड भएर जानेछन् भने खेलकुद तथा यस्तै पराक्रमी क्रियाकलापहरू सफलता पूर्वक सम्पन्न हुँनेछन् । दाजुभाइ तथा बन्धुबान्धबको सहयोग पाइने हुँनाले जोसिलो काम गर्ने जाँगर आउँनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुँनेछन । साँझपख समय मध्ययम रहेकोले कनै पनि काम सुरु नगर्नुहोला ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी): वातावरण तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउँनेछ । विद्यामा अरू भन्दा पछि परिने हुँदा मन खिन्न हुँनेछ । प्रशस्त समय लगानी गरे पनि समयमा काम नबन्ने हुँदा मनमा निराशा पैदा हुँनेछ । मध्यान्हबाट समय उत्तम रहेकोले सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुँनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरी गन्तव्य भेटाउँन सकिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सु,से,सो,दा) : व्यापार व्यावसायमा प्रशस्त नाफा कमाउँन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउँन सकिनेछ । तपाईँको लुवाई ख्वाई देखेर सबै जना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्वसाधारणको सहयोग तथा समर्थन पाउँने हुँदा मन प्रसन्न हुँनेछ । सभापख समय मध्ययम रहेकोले खानपानमा ध्यान दिनुहोला ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची): विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । स्वदेशमा उत्पादित सामानको व्यापार व्यावसायमा अरुदिन भन्दा अलि बढी समय खर्चिनु पर्नेछ । मध्यान्हबाट समय राम्रो रहेकोले क्षमता प्रदशन गरेर नाम तथा दाम दुवै कमाउँन सकिनेछ । अध्ययनमा सुधार भएर जानेछ भने अरूलाई पछाडि छोडेर अग्र पंतिमा आउँन सकिनेछ दुख सुखमा साथ दिनेहरू प्रशस्त भेटिनेछन् ।तपाईँको दिन शुभ रहोस् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।