0 COMMENTS

काठमाडौँ३चैत०७४/ नवनियुक्त वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले शुक्रबार पदभार ग्रहण गर्नुभएको छ ।मन्त्रालयमा आज पदभारका क्रममा मन्त्री बस्नेतले सुशासन आफैँबाट कायम गर्नुपर्ने बताउनुभयो । उहाँले वन तथा वातावरण बिग्रन नदिन आफ्नो कार्यकालको प्रमुख प्राथमिकता भएको उल्लेख गर्नुभयो । “राम्रो काम गर्नेलाई सहयोग र नराम्रो काम गर्नेलाई कारबाही गरिन्छ”, उहाँले भन्नुभयो ।

विसं २०२८ वैशाख १ गते जाजरकोटको कालेगाउँमा जन्मनुभएका मन्त्री बस्नेत यसअघि गृहमन्त्री र स्वास्थ्यमन्त्री भइसक्नुभएको छ । उहाँ अहिले तेस्रोपटक मन्त्री बन्नुभएको हो ।

बस्नेतको राजनीतिक जीवन ०४६÷४७ बाट मात्र शुरु भएको हो । उहाँ विसं २०७० र २०७४ मा जाजरकोटबाट निर्वाचित सांसद हुनुहुन्छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय सदस्यसमेत रहनुभएका मन्त्री बस्नेतले राजनीतिकशास्त्र र अर्थशास्त्र विषयमा स्नातक तहको अध्ययन पूरा गर्नुभएको छ ।

मन्त्री बस्नेतलाई वन तथा वातावरण मन्त्रालयका सचिवद्वय डा युवकध्वज जिसी र प्रकाश माथेमाले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।