0 COMMENTS

काठमाडौं२चैत०७४/ सत्तारुढ दलहरुबीच तीन मन्त्रलया थप्ने सहमति भएको छ । मन्त्रालयको भागवण्डामा कुरा नमिलेपछि आज तीन मन्त्रलया थपेका हुन् ।

मन्त्रिपरिषदलाई पूर्णता दिनुअघि तीन मन्त्रालय थप्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २१ मन्त्रालय पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री भए लगत्तै ३० वटा मन्त्रालय घटाएर १७ मा झारिएको थियो । तर, दलहरुको भागवण्डा मिलाउन फेरि मन्त्रालय थपिएको छ ।

स्रोतका अनुसार थपिएका मन्त्रालयहरुमा सिँचाई, युवा तथा खेलकुद र श्रम तथा रोजगार छन् । शिक्षा, विज्ञान प्रविधि र युवा तथा खेलकुद फुटाइएको छ र अब शिक्षा र युवा तथा खेलकुद अलग लजग मन्त्रालय भएका छन् ।

श्रम, रोजगार तथा महिला, बालबालिका मन्त्रालयलाई फुटाइएको छ । अब श्रम तथा रोजगार र महिला तथा बालबालिका अलगअलग मन्त्रालय भएका छन् । संविधानमा संघीय मन्त्रिपरिषद्मा बढीमा २५ सदस्यीय हुने प्रावधान छ ।

फोरम र राजपाले सरकारमा जानका लागि ओली सरकारसँग कम्तिमा पनि ३/ ३ मन्त्रालय मागेका थिए । फोरम ओली सरकारमा गए पनि राजपा नजाने भएको हो ।

यदि राजपा पनि सरकारमा गएको भए आझ मन्त्रलयाको सङ्ख्य बढ्न सक्ने थियो । प्रधानमन्त्री ओलीले फोरम नेपाल र राजपा दुवै मधेसवादी दललाई सरकारमा सहभागी गराउने प्रयास गरेका थिए । तर राजपा तत्काल सकारमा नजाने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।