0 COMMENTS

 बदलिँदो खानपान, पानीको कम सेवन तथा व्यायामको अभाव जस्ता कारणहरुले गर्दा मृगौलाको पत्थरी पछिल्लो समयमा आम समस्या बन्दै गएको छ । उमेर छिप्पिएका धेरै मानिसहरु यो समस्याबाट ग्रसित छन् हाम्रो देशमा ।व्यस्त जिवनशैली, व्यायमको अभाव,वदलीरहने खानपीन अनि पानीको कम सेवनवाट पत्थरी निम्तन सक्छ । विशेष गरि यो रोग उमेर ढल्किदै गरेको मनिषमा बढि देखा पर्ने गरेको छ ।

मृगौलाले रगत छानेर पिसाब बनाउने क्रममा प्रायः विभिन्न यौगिकका मणिभहरु पिसाबसँगै छानिन्छन् र ती मूत्रनली हुँदै पिसाबसँगै बाहिर निष्कासन हुन्छन् ।

जब त्यस्ता विभिन्न लवणका क्रिस्टलहरुको आकार ठूलो बन्दै जान्छ तब त्यस्ता पदार्थलाई मृगौलाले छान्न सक्दैन र ती मृगौलाका कोमल तन्तुहरुमा फस्दछन् र पत्थरीको रुपमा विकाश हुन्छन् ।

यसरी मृगौलामा पत्थरी परिसकेपछि त्यसको उपचार भनेकै त्यसलाई शल्यक्रिया गरेर फ्याँक्नु नै हो । त्यसैले पत्थरीको उपचार गर्नुभन्दा पत्थरी पर्नै नदिनु राम्रो हुन्छ । पत्थरीबाट जोगिनका लागि खानपानमा विशेष ध्यान दिनु आवश्यक हुन्छ । मृगौलाको पत्थरी रोक्ने केहि तरीका हरु यस्ता छन् ।

मासुजन्य प्रोटिन कम खानुहोस् जनावरको मासु तथा अण्डामा पाइने उच्च प्रोटिनले मृगौलाको पत्थर बनाउने क्रिस्टलहरुलाई एकैठाउँमा जम्मा हुन र थिग्रिन मद्धत गर्छ । पिसाबको अम्लपना बढ्ने र युरिक एसिडमा भएका तत्वहरुको खण्डीकरण कम हुने तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका छन् । प्रोटिनका लागि मासु तथा अण्डा खानुभन्दा गेडागुडी खानु लाभदायी भएको वैज्ञानिकहरुको मत छ ।

कागती पानी वा सुन्तला मौसमको जुस नियमित रुपमा पिउनुहोस् । यस्ता अमिलो फलफूलको सेवनले पत्थरको निर्माण हुनबाट रोक्दछ । तर अंगुरको अत्यधिक सेवन भने जोखिमपूर्ण हुन्छ र यसले पत्थरीको जोखिम बढाउँछ ।

कफी कम पिउनुहोस् कफी तथा चियाको अत्यधिक सेवनले मृगौलाको पत्थरीको जोखिम बढाउने विभिन्न अध्ययनहरुले देखाएका छन् ।
गुलियो पेय पदार्थहरु कम पिउनुहोस् । बढि गुलियो पेय पिउँदा त्यसले मृगौलमा पत्थरीको जोखिम बढाउँछ ।

क्याल्सियम युक्त खाद्यपदार्थ खानुहोस् तर क्याल्सियम चक्की वा औषधि होइन । हाम्रो खानामा पर्याप्त क्याल्सियमभ एन भने रगतमा अक्जालेटको मात्रा बढ्न जान्छ र त्यसले मृगौलामा पत्थरीको जोखिम बढ्छ । त्यसैले क्याल्सियम युक्त खाद्यपदार्थ जस्तै बदाम, ओखर सागपात जस्ता कुरा खानुहोस् । तर क्याल्सियम पाउनका लागि क्याल्सियम चक्की वा अन्य सप्लिमेन्टको प्रयोग गर्नु मृगौलाका लागि हानिकारक हुन्छ ।प्रसस्त तरल पदार्थ पिउनुहोस् दिनमा कम्तिमा पनि ८ गिलास पानी पिउनुहोस् । पानी प्रसस्त पाइने फलहरु जस्तै खरभुजा, सुन्तला र सागपात प्रसस्त सेवन गर्नुहोस् ।

नून कम खानुहोस् मृगौलाको पत्थरी भएका मानिसहरुलाई सोडियम भएका खाद्यपदार्थ कम खान सल्लाह दिइन्छ । पत्थरी भएकालाई मात्र नभएर पत्थरी हुनबाट जोगिन चाहनेका लागि समेत नुन कम खानु उपयुक्त हुन्छ । नूनको कम सेवनले मुटु तथा रक्तचाप सन्तुलनमा समेत सहयोग गर्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।