0 COMMENTS

हामी कर्मका माैन अावाज हाै!
अकर्मण्य लागि प्रष्ट जवाफ हाै!!
हामी मदिरा विनाका नवाफ हाै!
हामी हृदय भित्रका निश्चल भाव हाै!!(निर्मल,काेमल)
हामी कर्मका गाेटी बुद्दीले चाल्दछाै!
विकृति र विसंगतिका चट्टान पगाल्छाै!!
सुन्दर सृष्टिकाे विहानीमा माेतीका दाना अगाल्छाै!
स्वदेशका हरेक गाैरा गल्छेराहरुमा विश्वासकाे झण्डा सगाँल्छाै!!

हामी सर्वाङ्ग छैा ,साङ्ग छाै!
बाँच्ने र बचाँउने उमाङ्ग हाै!!
मेची र महाकालीका दाेहाेरी गायक हाै!
हामी स्वदेश निर्माण वेदीका कर्मका कर्मठ नायक हाै!!
अविश्वास हाम्राेे अधि शिर झुकाई लुक्दछ!
विश्वास हाम्राे सामु सगरमाथा झै बाेल्दछ!!
हामी शारिरीक अपाङ्ग भयाै त के भाे ?
हाम्राे मन मष्तिष्कलेे सधै स्वदेश गाैरव बाेल्दछ!!

हाम्राे साैन्दर्य हाम्रै प्रकृति हुन!
हाम्राेे अाशा बिन्दु अाफै जन्मेकाेे धर्ति हुन!!
पुज्न जान्दछु म अनि पुजिन जान्ने उनै ,
हामी पिता पुर्खाका सुन्दर अर्ति हाै!!

मेराे मेरुदण्ड मेरै ,सगरमाथा हाे!
मेराे ईतिहास गाेरखालीकाे वीरगाथा हाे!!
मेराेे बाँच्ने अाधार ,मेरी अामा नेपाल,
मेराे चिनारीनै याेे देशकाे साथ हाे!!

अामा,बाबू ,दिदी ,वैनी हाेे सुन!
म मेरुदण्ड विहिन सुमेरु पर्वत हुँ!!
धट्ना र दुर्धट्नाले घेरिएकाे भए पनि,
म सरस गुलियाे सर्वत हुु!!

याे शरिरीर हिवलचियरमा गुडेपनि,
तेजस्पी राप हुुँ!
अल्छीहरुका लागि कर्मठ
जवाफ हु!
मेराे देशकाे लागि म भार हुँदै हैन!
अविस्वासकाे खाडल पुर्न ,सुन्दर जवाफ हुँ!!

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।