0 COMMENTS

सुरुङ्गा (झापा) फागुन २५ / घरेलु मैदानमा रुस्लान थ्रीस्टार क्लवलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै झापा ११ ले फाइनलको यात्रा तय गरेको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी झापा गोल्डकपको तेस्रो संस्करणअन्तर्गत आज भएको पहिलो सेमिफाइलन खेलमा थ्रीस्टारलाई पराजित गर्दै झापा ११ फाइनलमा पुगेको हो ।निर्धारित समय गोलरहित बराबरी भएपछि प्रतियोगिताको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

झापाका तर्फबाट योगेश गुरुङ, कर्ण लिम्बू, भुषण सुब्बा र देबेन्द्र तामाङले गोल गरेका थिए । विश्वास श्रेष्ठको प्रहार भने थ्रीस्टारका गोलरक्षक एलेन न्यौपानेले रोकेका थिए । यता थ्रीस्टारका बुद्ध चेम्जोङ र सुनिल बलको प्रहार झापाका गोलरक्षक किशोर गिरीले रोकेका थिए ।प्रतियोगिताको म्यानअफ दि म्याच झापाका देवेन्द्र तामाङ घोषित हुँदै रु २५ हजार प्राप्त गरेका छन् ।

शनिबार विभागीय टोली त्रिभुवन आर्मी र मनाङ मस्र्याङ्दी क्लबबीच दोस्रो सेमिफाइनल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।