0 COMMENTS

मिलन चाम्लीङ,२४फागुन०७४/  आर्थिक शसक्तिकरण सहितको सामाजिक जागरण ग्रामीण तथा शहरी महिलाको जीवन स्तर रुपान्तरण भन्ने नाराको साथ धरानमा १०८ औ अन्तरास्ट्रिय श्रमिक महिला दिवस मनाएको छ।

पब्लिक हाइस्कुलमा सम्पुर्ण महिलाहरुको उपस्थितिमा र्‍याली सुरु गरेर छाताचोक हुँदै भानुचोकमा आएर समापन गरेर कार्यक्रम सुरु गरेको थियो।कार्यक्रममा प्रदेश नं १को सभामुख प्रदीप कुमार भण्डारीको प्रमुख आतिथ्य रहेको थियो ।कार्यक्रम प्रदेश न१ सांसद सावित्री श्रेष्ठ,मिता बराइली,धरान उपमहानगरपालिकाको मेयर तारा सुब्बा लगायत धरान उपमहानगरपालिकाको २० वटै वडाको वडाअध्यक्ष सहित विभिन्न संघसंस्थाको प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो।कार्यक्रममा कार्यक्रमको सभापति धरान उपमहानगरपालिकाको उप- मेयर मन्जु भण्डारीले कार्यक्रममा बोल्दै महिलाहरूको हकहितको लागि र समान काम र समान ज्याला भन्नेमात्र होइन कार्यनयन पनि गर्नुपर्ने कुरामा जोड दिनु भएको छ।कार्यक्रममा बोल्दै महिला संजाल धरानको अध्यक्ष शिला बज्राचार्यले देशमा भएको महिलाको परिस्थितिको बारेमा बोल्दै महिलालाई स्थानीय देखि केन्द्रिय तहसम्म नै नेतृत्व गर्न अवसर पाउनु पर्ने र महिलासंग पनि नेतृत्व गर्ने क्षमता छ भन्ने कुरामा ध्यानाकर्षण गराउनु भएको छ।

नारी दिवस एक दिन मनाउदैमा नारी अधिकार सम्पन्न नहुने र नारीहरुको बारेमा ३६५ दिन नै मनन गर्नु पर्ने कुरा उल्लेख गर्दै स्थानीय सरकारले समान कामको समान ज्यालाको नियम लागू गर्ने कुरामा ध्यान दिने धरान उपमहानगरपालिकाको मेयर तारा सुब्बाले बताउनु भएको छ।कार्यक्रममा नै बोल्दै प्रदेश नं १को सम्माननिय सभामुख प्रदीपकुमार भण्डारीले शुभकामना दिदै देशको बिकासक्रममा अहिले आएर हिजोको दिनमा मताधिकारबाट बन्चित महिलाहरु अहिले तिनै तह स्थानीय सरकार ,प्रदेश सरकार तथा केन्द्र सरकारमा उल्लेखनीय उपस्तिथि रहेको र संबैधानिक ब्यास्था गरेको कुरा बताउनु भएको छ र संबिधान रहेको कुरालाई कार्यनयनमा ल्याउनु जोड समेत दिनु भएको छ।भने महिलालाई भगवानको रूपमा हेरिन्छ भन्नूभएको छ।प्रादेशिक सरकारले नियम कानुन बनाउदा प्रदेशको भौगोलिक हेरेरमात्र कानुन बनाउने कुरा पनि उल्लेख गर्नु भएको छ।महिला हिंसा अन्त्य गर्न सबैलाई एकजुट हुन अनुरोध गर्नु समेत गर्नु भएकोछ।कार्यक्रममा गिट्टी कुटेर जिविका पार्जन गर्दै आएको ३३ महिलालाई सुरक्षाको सामग्री पनि बितरण गरेको छन।

कार्यक्रम स्वागत नृत्य हाम्रो डान्स सेन्टर धरानको कलाकारहरुले प्रस्तुत गरेको थिए।भने कोपिला भट्टराईले महिलाको वेदना भएको कबिता सुनाउनु भएको थियो ।कार्यक्रम आयोजक धरान महिला संजालसंग ४१ महिला संघसंस्था आबद्ध थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।