0 COMMENTS

काठमाण्डाै०५फागुन०७४/ मध्यअमेरिकी राष्ट्र मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ । शनिबार बिहान(स्थानीय समय अनुसार शुक्रबार राति) दक्षिणपूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७.२ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भौगर्विक सर्वेक्षण एजेन्सी( यूएसजीएस) लाई उद्धृत गर्दै सीएनएनले खबर दिएको छ ।

मेक्सिकाको ओसाका टापुलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको जनाइएको छ । भूकम्प चेतावनी सिस्टमले भूकम्पको संकेत दिएपछि मान्छेहरु घर छोडेर सडकमा भागेको थिए ।भूकम्पका कारण कुनै मानवीय क्षति भएको विवरण भने हालसम्म प्राप्त नभइसकेको खबरमा जनाइएको छ ।

भूकम्पका कारण सुनामीको खतरा नरहेको प्रशान्तमहासागर सुनामी चेतावनी सेन्टरले जानकारी दिएको छ।गत सेप्टेम्बरमा पनि मेक्सिकोमा दुई शक्तिसाली भूकम्प गएका थिए । ८ सेप्टेम्बरमा गएको ८.१ म्याग्निच्यूडभूकम्पका कारण ९० जनाको मृत्यु भएको थियो भने । १९ सेप्टेम्बरमा गएको ७.१ भूकम्पका कारण २१६ जनाको मृत्यु भएको थियो । अन्पूर्णपोस्टबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।