0 COMMENTS

 काठमाण्डाै३,फागुन०७४/ माओवादी केन्द्र तत्काल सरकारमा सहभागी नहुने भएको छ ।बुधबार एमाले र माओवादीबीच सरकार गठन विषयमा भएको छलफलपछि माओवादी केन्द्रले तत्कालै सरकारमा सहभागी नहुने जनाएको हो ।

एमालेको नेतृत्वमा प्रदेश १ मा सरकार बनाउने तयारी भईरहेका बेला मन्त्रालयका विषयमा सहमति हुन नसकेपछि माओवादीले सहभागी नहुने बताएको छ ।

माओवादी केन्द्र मोरङ ईन्चार्ज कुशल लिम्बुले मन्त्रालयमा कुरा नमिलेको भन्दै सरकारमा सहभागी नहुने स्पष्ट पारे ।

उनले भने, सरकार गठन विषयमा बुधबार विराटनगरमा भएको छलफलमा कुरा नमिलेपछि सरकारमा सहभागी नहुने निर्णय गरिएको हो ।
, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।