0 COMMENTS

काठमाडौँ १२माघ०७४/ कपनमा रहेको साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीले आयोजना गरेको मिस्टर एण्ड मिसको उपाधि वाङ्गेल शेर्पा र सुविना आचार्यले पाएका छन् ।
माघ ८ गते स्कुल कै प्रांगणमा आयोजना गरिएको फाइनल राउण्डमा सो उपाधि पाएका हुन । यस्तै मिस्टर फस्ट रनर अप सुबोध धिताल, सेकेन्ड रनर अप जेसन राई भएका छन् । मिस फस्ट रनर अप स्तुति खड्का, सेकेण्डर रनर अप बिनुशा कार्की भएका छन् भने बेण्ट हेयर स्टाइल, बेष्ट पर्स्नालीटि, बेष्ट ड्रेसअप, बेष्ट स्माइल, बेष्ट क्याटअक लगायत सात विधामा पुरस्कृत गरिएको थियो ।

निर्णायक भुमिकामा मोडल तथा भिजे प्रिया रानी लामा र गायक तथा निर्देशक उजन नेम्वाङ् रहेका थिए । सोही दिन नै एक कार्यक्रमका विच विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलको प्रमुख आतिथ्यतामा भएको उक्त पुरस्कार वितरण कार्यक्रममा जिल्ला खेलकुदका अध्यक्ष ध्रुव न्यौपाने, सामाजिक अभियानता चरिमाया तामाङ लगायत स्थानिय राजनीतिकर्मी, स्थानिय व्यक्तिहरु, अभिभाव, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

सोही कार्यक्रममा सामाजिक अभियानता चरिमाया तामाङ, केटिएम खबर डट कमका पत्रकार श्याम कार्की र समाजको आवाज डट कमका पत्रकार राजु बस्नेतलाई सम्मान गरिएको थियो ।

विज्ञान प्रदर्शनी तथा प्रतियोगिता

यस्तै साम्तेन मेमोरियलले माघ ७ गते विज्ञान प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न गरेको छ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ११ का अध्यक्ष राजु अधिकारीको प्रमुख आतिथ्यतामा उक्त प्रदर्शनी तथा प्रतियोगिताको उद्घाटन गरिएको थियो । प्रतियोगितामा अन्य विद्यालयका विद्यार्थी, स्थानिय व्यक्तिहरु, अभिभावकहरुले अवलोकन गरेका थिए ।

उक्त प्रदर्शनी तथा प्रतियोगितामा रोडोर रेण्डन हाउस प्रथम, कृम्सन दोश्रो, लोफोरस तेश्रो र १०१४ मत ल्याएर केबलकारलाई पपुलर प्रदर्शनीबाट पुरस्कृत गरिएको थियो । माघ ८ गते विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

माघ ८ गते अर्थात सरस्वति पुजाको दिन साम्तेनले आयोजना गरेको मिस्टर एण्ड मिसको फाइन तथा विज्ञान प्रदर्शनीको समापन कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले स्कुलका अध्यक्ष निम्तो शेर्पा र प्रिन्सिपल शक्ति राज नेपालसंग स्थलगत सम्वाद गरेका छन् ।के टी एम खबर 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।