0 COMMENTS

भक्तपुर, ९ माघ ०७४/ मध्यपुर थिमि–५ राधेराधे चोकमा आज साँझ भएको आगलागीबाट रु १० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीय नवराज कसपालको चारतल्ले घरको भूइँतलामा सिन्धुलीका प्रेमबहादुर बस्यालले सञ्चालन गरिरहेको साथीभाई खाजा घरमा विद्युत् चुहावर्ट भई आगलागी हुँदा रु १० लाखबराबरको धनमाल जलेर नष्ट भएको हो ।

नेपाल प्रहरी, जुद्ध वारुणयन्त्र र स्थानीय बासिन्दाको संयुक्त प्रयासबाट आगो नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।