0 COMMENTS

काठमाण्डाै, ९ माघ०७४/कृषि तथा पशुपालन क्षेत्रलाई लक्षित गरेर आगामी फागुनको १० गतेदेखि १३ गतेसम्म धरानमा तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७४ हुने भएको छ ।

कृषि विभागअन्तर्गतको कृषि इञ्जिनियरिङ निर्देशनालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र नेपाल कृषि मेशिनरी व्यवसायी संघले संयुक्तरुपमा कार्यक्रमको आयोजना गर्न लागेको सोमबार यहाँ आयोजना भएको पत्रकार सम्मेलनमा नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष स्वयम्भूकृष्ण श्रेष्ठले बताउनुभयो ।

कृषि तथा पशुपालन क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउनका लागि कार्यक्रमको आयोजना गर्न लागिएको हो । प्रदर्शनीमा आधुनिक कृषियन्त्र, आधुनिक सिँचाइ प्रविधि, गुणस्तरीय बीउबिजन, कुखुरापालन, डेरी, माछापालनलगायतका सामग्री रहने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ यसबाट कृषि क्षेत्रको समग्र विकास र कृषि उत्पादन वृद्धि हुने हामीले आशा गरेका छौँ ।”

प्रदर्शनीमा जम्मा रु १० करोडको कारोबार हुने आयोजकको दाबी छ । २० देशका झण्डै २०० वटाभन्दा बढी कम्पनीले प्रदर्शनीमा भाग लिने अध्यक्ष श्रेष्ठ बताउनुुहुन्छ । ५० हजार अवलोकनकर्ता आउने लक्ष्य रहेको छ । एकसय ५० वटा कम्पनीले छुट्टाछुट्टै स्टल राख्ने छन् । पहिलो प्रदर्शनी चितवनमा र दोस्रो काठमाडौँमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।