0 COMMENTS

मंगलबारे, इलाम, ७ माघ ०७४/जंगली हात्तीको आक्रमणबाट आइतबार एक जनाको मृत्यु भएको छ ।चुलाचुली गाउँपालिका–३ पेल्टीमारीका सोमनाथ भण्डारीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो । बारीमा पानी लगाउन गएका ५२ वर्षीय भण्डारीलाई हात्तीले आक्रमण गरेपछि उपचारका लागि झापातर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

विगत एक महिनायता चुलाचुली गाउँपालिकामा जंगली हात्तीले स्थानीयको खेतबारीमा क्षति गर्ने र घर भत्काउने कार्य गर्दै आएको छ । सो क्षेत्रमा स्थानीय हात्ती आतंकका कारण पीडित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।