0 COMMENTS

हेटौँडा, ७ माघ०७४/मकवानपुरको हेटौँडामा ३ नं प्रदेशका सांसदले शपथ ग्रहण लिएका छन् ।आज बिहान १० बजे ज्येष्ठ सदस्यको हैसियतले मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं १ प्रदेशसभा ‘ख’ का सदस्य डोरमणि पौडेललाई प्रदेश प्रमुख अनुराधा कोइरालाले शपथ गराएपछि सांसद पौडेलले १०९ सांसदलाई क्षेत्रीय शिक्षा निर्देशनालयको सभाकक्षमा बिहान ११ बजे शपथ गराउनुभयो ।

हेटौँडामा ३ नं प्रदेशअन्तर्गत काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, धादिङ, रसुवा, नुवाकोट, दोलखा, रामेछाप र सिन्धुली जिल्लाका ११० सांसदले शपथ लिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।