0 COMMENTS

मिलन चाम्लीङ,धनकुटा ६माघ०७४/  धनकुटामा जारी निषेधाज्ञा केही खुकुलो पारेपनी आन्दोलनकारी पक्षले ७ गतेसम्म को लागि विभिन्न आन्दोलनको कार्यक्रम सहित आमहडतालको घोषणा गरेका छन।

धनकुटामा उत्तपन्न परिस्थितिको बिषयमा प्रशासन र आन्दोलन पक्ष बिच शुक्रबार बसेको वार्ता निष्कर्ष बिहिन भएर टुङ्गिए पछी आन्दोलनकारीले अाज फेरी आन्दोलनलाइ नीरन्तरता दीदै अान्दाेलन घोषणा गरेको हुन।धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउ अभियानको आन्दोलन परिचालन समितिको संयोजक सुन्दरबाबू श्रेष्ठको अध्यक्षतामा बसेको संघर्ष समितिले आन्दोलनको निर्णय गरेको हो।

समितिले आज शनिबार देखि सोमबारसम्म हरेक दिन बिहान ५ बजे देखि बेलुका ५ बजेसम्म यातायात,बजार तथा सम्पुर्ण क्षेत्र ठप्प हुने गरि आमहडतालको घोषणा गरेको छ ।आज बिहान ११ बजे धनकुटामा बिरोध र्‍याली सहित घर घरमा कालो झन्डा राख्ने र कालो कपडाले बेरेर बिरोध जनाउने कार्यक्रम रहेको छ ।

यस्तै भोलि दिउँसो १ बजेबाट २ बजेसम्म जिल्लाको सबै कार्यालयहरुलाई काम नगरी “पेन डाउन”गरेर बस्न अनुरोध गर्ने र जिल्लाबासिको नागरिकता संकलन गरेर स्थानीय प्रशासन मार्फत सरकारलाई बुझाउने निर्णय गरेको छ।अबको दिनमा जिल्लाको बिषयमा निर्णय गर्दा राजनैतिक दल विभिन्न संघसस्थाको प्रतिनिधि राखेर निर्ण गर्नु पर्ने र प्रशासनको भत्साना गर्दै भण्डाफोर अभियान चलाउने निर्णय गरेको छ।

आन्दोलनमा घाइते भएकाहरुको राज्यबाट निशुल्क उपचारको माग गर्दै प्रदेश नं १मा रहेको माननीय र सरोकारवालाहरुसंग छलफल गर्ने भएको छ।अबको आन्दोलनमा धनकुटाको सबै ७ स्थानिय तहलाई आन्दोलनमा सहभागी हुनको लागि अनुरोध गर्ने र सरकारले धनकुटालाई अस्थायी राजधानी नतोकेसम्म धनकुटाको प्रतिनिधि र प्रदेश तर्फको माननीयहरुलाइ सपथ नलिन आग्रह गर्ने निर्णय गरेको छ।

निषेधाज्ञा जारी रहे पनि त्यसलाई केहि खुकुलो बनाएर आन्दोलनकारीको निर्णय अनुसार नै कार्यक्रम गर्ने प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद उप्रेतीले हामीलाइ  बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।