0 COMMENTS

बासुदेब सेढाई ,काठमाण्डाै५  माघ०७४/ छप्कैया पर्साको ५० बिघा जमिन भारत तर्फ पारिएकोमा आपत्ति जनाउँदै ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल र सिमानामा काँडेतार अभियानका अभियन्ता नवल खडकाको नेतृत्वमा धर्ना एवम बिरोध प्रदर्शन कार्यक्रम, नापी बिभागको केन्द्रिय कार्यालय परिसर मिनभनवमा घेराउ गरेकाे छ ।
 कार्यक्रममा  ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपालले ग्रेटर नेपालको जमिन बैधानीक रुपमा नेपालको भईसकेको स्थितीमा, भई रहेको जमिन समेत भारतले अतिक्रमण गरेकोमा आपत्तिजनक रहेकोले खेद प्रकट गर्नुभयो । सयौंको संख्यामा उपस्थित कार्यक्रममा बोल्दै सिमानामा काँडेतार अभियानका अभियन्ता नवल खड्काले गुमेको भु–भाग फिर्ता पाउनु पर्ने र सिमानामा काँडेतारको बार लगाउनु पर्छ । हाम्रो १ इन्च जमिन पनि हामी बिदेशी भूमीमा पर्न दिने छैनौं । गुमेको भूमी प्राप्तीका लागि जस्तोसुकै बलिदानी गर्न पनि तयार भएको र प्राप्ती नहुन्जेलसम्म आन्दोलन जारी रहने भन्दै यो विषयमा तराईका नेता र राजनीति पार्टीहरुले पनि अब प्रतिकारमा उत्रनु पर्ने सुझाव दिनुभएको थियो । त्यस्तै नापी बिभागका कार्यकारी गणेश प्रसाद भट्टले ५ बिघा नेपाली भूमी भारत तर्फ परेको र अरु बाँकी कुरा हल्लामात्र भएको हाँस्यास्पद जवाफ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।