0 COMMENTS

इटहरी, ५ माघ ०७४/ सुनसरीको इटहरीस्थित रंगशालाको तेक्वान्दो एकेडेमी कबर्ड हलमा राखेप च्याम्पियनसिप तेह्रौँ राष्ट्रिय उसु खेल प्रतियोगिता २०७४ प्रारम्भ भएको छ ।

नेपालका पहिलेका पाँच विकास क्षेत्र र तीन विभागीय नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका आर्मी गरी आठ टोलीका विभिन्न तौल समूहका ११० पुरुष र ७१ महिला खेलाडीको सहभागिता छ ।

उक्त राष्ट्रिय प्रतियोगिताअन्तर्गत सान्छौ खेलको पुरुषतर्फका विभिन्न तौल समूहको भिडन्तमा ७१ र महिला खेलाडी ३८ जना तथा थाउलोतर्फको भिडन्तअन्तर्गत ३९ पुरुष र ३३ महिला खेलाडीको सहभागिता छ ।

प्रतियोगिता उद्घाटन समारोहमा राखेपका सदस्य सचिव केशवकुमार विष्टले नेपाली खेलमध्ये उसुले राष्ट्रिय गौरव उच्च राख्नका लागि महत्वपूर्ण भूमिका र योगदान पु¥याउँदै आएको बताउँदै सो खेललाई स्तरीयता प्रदान गर्नका लागि खेलाडीको हौसला बढाउन राखेप प्रयत्नशील छ भन्नुभयो ।

सो अवसरमा इटहरी रंगशाला परिसरमा यसै हप्ता उसु खेलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न प्राप्त पूर्वाधारसहितको कबर्ड हल निर्माण गरी यसै हप्ता शिलान्यास हुने बताइएको छ । उक्त अवसरमा आठ निर्णायक, छ प्रशिक्षक, १५ खेलाडी र एक व्यवस्थापकलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।