0 COMMENTS

मिलन चाम्लीङ,धनकुटा ५ माघ०७४/धनकुटामा आन्दोलनकारी पक्ष र प्रसासन बिच प्रसासन कार्यलयमा आज दिउँसो बसेको बार्ता निस्कर्ष बिहिन टुङ्गेको छ।

धनकुटालाई राजधानी माग गर्दै सुरु भएको आन्दोलन बिराटनगरलाई राजधानी घोषणा गरेसंगै आन्दोलन हिंसात्मक रूपमा परिणत भए पछी स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको थियो ।निषेधाज्ञा कहिलेसम्म जारी गर्ने भन्ने बिषयमा बसेको बार्ता निष्कर्ष बिहिन टुङ्गिएको आन्दोलन परिचालन समितिको संयोजक सुन्दरबाबू श्रेष्ठले बताउनु भयो।

निषेधाज्ञा,आमहडताल लगायत समस्या समाधान गर्नको लागि आज दिउँसो धनकुटाको क्रियासिल राजनीति दल,प्रतिनिधि सांसद,प्रदेश सांसद,आन्दोलन परिचालन समिति संयोजकल लगायतलाई बार्तामा बोलाएर बसेको छलफल बिना निष्कर्ष टुङ्गिएको हो।धनकुटालाई प्रदेश नं १ को राजधानी नतोकेको बिरोधमा भएको प्रदर्शनले हिंसात्मक रुप लिएपछी बिहीबार बिहान ११बजेबाट निषेधाज्ञा जारी गरिएको हो।अनिश्चितकालिन आमहडतालको कारण धनकुटाबासीको जनजीवन अस्तब्यस्त बनेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।