0 COMMENTS

उर्लाबारी, मोरङ, ५ माघ०७४/ मोरङ जिल्ला फुटबल संघको अध्यक्षमा पुनः दीपेन्द्र धिमाल निर्वाचित हुनुभएको छ ।

बिहीबार लेटाङ नगरपालिकामा सम्पन्न निर्वाचनमा धिमालले प्रतिद्वन्द्वी किरण गिरीलाई दुई मत अन्तरले पराजित गर्दै लगातार तेस्रो पटक अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

धिमालले आठ मत ल्याउनुभयो भने गिरीले छ मत प्राप्त गर्नुभएको थियो । यो विजयसँगै धिमाल जिल्ला फुटबल संघमा ह्याट्रिक गर्नुभएको छ । उहाँ २०६४ सालदेखि जिल्ला फुटबल संघको अध्यक्ष हुनुहुन्छ । फुटबल संघको उपाध्यक्षमा दीपेन्द्र तिवारी, माधवराज भण्डारी र धनकुमार लामा निर्वाचित हुनुभएको छ ।महिला सदस्यमा कौशिला लिम्बू र सदस्यमा उद्धवकुमार भुजेल, ओमप्रकाश मास्के, इन्द्रमणि पोखरेल, प्रेम तामाङ, खड्गबहादुर श्रेष्ठ, नगेन्द्र घिसिङ, माधवप्रसाद लिम्बू र तेजराज गिरी निर्वाचित हुनुभएको छ ।

मोरङ जिल्लामा रहेका ए डिभिजनका १४ वटा फुटबल क्लबका १४ जना प्रतिनिधिले नयाँ नेतृत्व चयन गरेका हुन् । १४ वटा क्लबमध्ये सात वटा विराटनगर महानगरपालिकाभित्र र सातवटा महानगरपालिका बाहिरका रहेका थिए ।

विसं २०५२ मा स्थापित संघको नेतृत्व यसअघि सन्तोष बानियाँ, प्रदीप भगत र किशोर तिम्सिनाले गर्नुभएको थियो । बानियाँले दुई कार्यकाल नेतृत्व गर्नुभएको थियो भने भगत र तिम्सिनाले एक÷एक कार्यकाल नेतृत्व गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।