0 COMMENTS

 मिलन चाम्लीङ,४माघ०७४/ प्रदेश नं १को अस्थायी राजधानी बिराटनगरलाई तोकिएसंगै धनकुटेबासिले प्रधानमन्त्री र धनकुटाका क्षेत्रीय प्रशाशक प्रमुखको पुत्ला जलाएका छन।गत ३३ दिन देखी संघर्ष गरीरहेका आन्दोलनकारिहरुले धनकुटाको जिरो पोइन्टमा लगभग हजाराैकाे संख्यामा जम्मा भइ पुत्लाकाे सव यात्रा सहीत प्रधानमन्त्री देउवा र क्षेत्रीय प्रशाशक राजेस्वरमानको पुत्ला दहन गरेको हुन।

भौतिक,प्रसासनिक र सुरक्षाको रुपमा धनकुटा उपयुक्त हदाहुदै पनि धनकुटालाई राजधानी नतोकिएको मा राेसब्यक्त गर्दै सरकारलाई प्रतिबेदन पठाउदा एकल निर्णय गरेर पठाएकोले राजधानी हुन नसकेको नगरबासिहरुको आरोप छ भने संघर्ष समीतिकाे एक सदस्यले पनी यहीकुराे ब्यक्त गरेका छन ।

उनीहरूले सरकारको निर्णय प्रती पुर्ण असमर्थता ब्यक्त गर्दै धनकुटाबासिको लागि यो कालो दिन भएको भन्दै आज देखी अनिश्चित कालिन बन्द सहीत आमहडताल गरेको आन्दोलन संयोजक सुन्दरबाउ श्रेष्ठले   बताउनु भयाे ।३३ दिनदेखि धनकुटामा जारी आन्दोलनको क्रममा बुधबार क्षेत्रीय प्रसासन तालाबन्दी गरिएको थियो ।

बन्दको कारण जनजीवन प्रभावित भएको र धनकुटा भएर जाने तेह्रथुम,संखुवासभा,ताप्लेजुङ भोजपुर लगायतको यात्री अलपत्र परेको छन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।