0 COMMENTS

डोटी ४माघ०७४/  सरकारले ७ नम्बर प्रदेशको राजधानी कैलाली प्रस्ताव गरेपछि त्यसको विरोधमा डोटी तनाब ग्रस्त बनेको छ । प्रदेश राजधानी डोटी बनाउनुपर्ने माग गर्दै आन्दोलन चर्किएपछि डोटी तनाबग्रस्त बनेको हो ।
 मन्त्रिपरिषद्को बैठकले प्रदेशको अस्थायी राजधानी कैलाली प्रस्ताव गरेको थियो । सरकारको निर्णय सुनेलगत्तै डोटीको पिपल्ला बजारमा आन्दोलनकारीले प्रर्दशन सुरु गरेका छन । आन्दोलनका कारण अहिले यातायातका साधन पूर्णरुपमा ठप्प भएका छन् ।
प्रदर्शनकारीहरुले सडकमा प्रर्दशन गर्नुका साथै नाराबाजी गरिरहेका छन् । सरकारको निर्णयका विरुद्धमा डोटीमा आन्दोलन चर्काउने संघर्ष समितिका संयोजक नरेन्द्रबहादुर खड्काले बताए । साबिकको क्षेत्रीय सदरमुकाम दिपायलमा राजधानी तोक्न माग गर्दै डोटीमा विगत लामो समयदेखी आन्दोलन सुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।