0 COMMENTS

काठमाडौँ ३ माघ०७४/ कपनमा रहेको पायोनियर पब्लिक स्कुलले दक्षिण कोरियाको गांरुङ्जु युनिभर्सिटिबाट आएका स्वयंसेवकहरुको पुस २८ गते विशेष कार्यक्रमको आयोजना गर्दै विदाई गरेको छ ।

१५ दिने खेलकुद, शिक्षा र सांस्कृतिक आदान–प्रदान कार्यक्रममा पायोनियर आएका गांरुङ्जु युनिभर्सिटिका ३१ जना स्वयंसेवकहरुलाई विदाई गरिएको हो । नेकोस तथा सोही संस्थाका अध्यक्ष अक्कल लामाको विशेष पहलमा १५ दिने खेलकुद, शिक्षा र सांस्कृतिक आदान–प्रदान कार्यक्रम भएको थियो ।

रक्षामन्त्री भीमसेन दास प्रधानको प्रमुख आतिथ्यतामा भएको उक्त विदाई कार्यक्रममा काठमाडौँ क्षेत्र नम्वर ४ प्रदेशसभा ‘ख’ का नव–निर्वाचित प्रदेशसभा सदस्य कुसुम कार्की, काठमाडौँ क्षेत्र नम्वर ४ प्रदेशसभा ‘ख’ का समानुपातिक प्रदेशसभा सदस्य न्हुच्छे नारायण श्रेष्ठ, बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष नवराज भट्टराई, बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ११ का अध्यक्ष राजु अधिकारी, नेसनल प्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुली, प्याब्सकका अध्यक्ष एवं नेसनल प्याब्सन काठमाडौँका सह–सचिव बाल कुमार गुरुङ लगायत विभिन्न स्कुलका प्रिन्सिपलहरु, स्थानिय व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

विदाई कार्यक्रममा गांरुङ्जु युनिभर्सिटिका स्वयंसेवकहरुलाई खादाद्धारा सम्मान तथा सम्झनाका लागि मायाको चिनो प्रदान गरिएको थियो । यस्तै कार्यक्रममा कोरियन स्वयंसेवक र पायोनियका विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति दिएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं रक्षामन्त्री प्रधानले यि र यस्ता कार्यक्रमले दुबै देश विचको संस्कार शिक्षाको बारेमा अनुभब शेयर गर्ने अवसर र भावनात्मंक सम्बन्धको विकासमा टेवा पुग्ने बताएका थिए ।के टीएम खबर 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।