0 COMMENTS

झापा,३०पुस०७४/ खप्तडी बस्नेत वंशावली समिति , केराबारी शाखाको छैठौं साधारणसभा सम्पन्न भएको छ । कार्यक्रम केन्द्रीय वंशावली समिति अध्यक्ष शिव बहादुर बस्नेत को प्रमुख आतित्यथा साथै प्रमुख वंशलता संरक्षक राम बहादुर बस्नेत बिशिष्ठ अतिथ्यता र  केन्द्रीय उपाध्यक्ष , केन्द्रीय सदस्यहरु खप्तडी बस्नेत धार्मिक वन अध्यक्ष सेकेण्डबाहादुर बस्नेत, मोरङ जिल्ला अध्यक्ष राजु बस्नेत   सुनसरी जिल्ला सचीव अमृत बसनेत , युवा समाज पुर्वाञ्चल अध्यक्ष समन सिह बस्नेत , बस्नेत उत्थान समाज कतार अध्यक्ष राजु बस्नेत पुर्वाञ्चल युवासमाजका  सल्लाहकारहरूकाे आतित्थतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यमकाे बिधीवत उद्घाटन प्रमुख अतीथी शिव बहादुर बस्नेत र बंशलता रामबहादुर बस्नेतले पानसमा बत्तीबाली कार्यक्रमकाे बिधीवत उद्घाटन गर्नुभएकाे थीयाे ।

 कार्यक्रममा समिति का सचिव तुलसी बहादुर बस्नेत ले अार्थीक बर्ष २०७३-०७४काे  आय व्यय र आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने उहाँले प्रतिवेदन सँगसँगै खप्तडी बस्नेत को एतिहासिक पृष्ठभूमि , वंश बिस्तारको स्वरुप  कुल र वंश उत्थान लागि समिति ले गरेका गतिविधि , कुल  देवाली पुजा र वंशावली लगायत बिषयलाई समिटिएको प्रतिवेदन बाचन गरि सुनाउनु भएको थियो भने कार्यक्रमा समिति का सह – सचिव को स्वागत मन्तव्यबाट सुरु भएको थीयाे ।

 कार्यक्रममा उपस्थिति अतिथिमा मोरङ जिल्ला अध्यक्ष राजु बस्नेत ले वंशावली को दोस्रो संस्करण प्रकाशन को तयारीमा रहेकाले मोरङ जिल्ला भर छरिएर रहेको वंशावली को पुस्तावली यथासिग्र समितिलाई बुझाईदिनु हुन र आफ्नो वंशावली को पहिचान सुरक्षित राख्न मद्दत पुराउनु हुने विश्वास रहेको कुरा व्यक्त गर्नु का साथै केराबारी को सम्पूर्ण बिवरण संकलन गर्ने जिम्मेवारी मोरङ जिल्ला सदस्य समन सिंह बस्नेत लाई दिईएको जानकारी समेत गराउनु भएको थियो ।

त्यसैगरी मन्तव्यकै क्रममा सुनसरी जिल्ला सचिव अमृत बस्नेत ले साधारणसभाको सफलता र नयाँ चयन हुने समितिले यश क्षेत्रका दाजुभाइ लाई कुल र वंशावलीका बिषय लाई आफ्नो भावि राम्रा राम्रा कार्यक्रम ल्याएर अागडी बढ्ने छ र उहाँले अब हामी कुल र वंश का अलावा बस्नेत को बिचमा सहकारी को अवधाराणा ल्याएर अगाडी बढ्न जरुरी रहेको र त्यसको थालनी सुनसरी मा सहकारी संञ्चालन गरि बिधिवत सुरुवात भई सकेको र यसको निरन्तरताका लागि यश क्षेत्रका दाजुभाइहरुकाे पनि सहभागी हुन जरुरी रहेको जानकारी समेत दिनु भएको थियो ।

मन्तव्य कै क्रममा अर्का अतिथि उत्थान समाज कतार का अध्यक्ष राजु बस्नेत ज्यु ले अब खप्तडी बस्नेत का युवाहरु हाम्रा अग्रजले देखाउनु भएको बाटो लाई पहिल्याउँदै अगाडी बड्दा जस्तोसुकै चुनौती र जिम्मेवारी आए पनि सहर्ष स्विकार गर्दै अगाडी बढ्न र जुन बन्धु उत्थान शब्द यश अनुसार हामीले बन्धु उत्थानका कार्यहरु गर्न नसकेको हो कि अब वंशावली सँगसँगै बन्धु उत्थान का काम लाई हामीले अगाडी बढाउन जरुरी रहेको र यश कार्य मा सम्पूर्ण खप्तडी बस्नेत का युवाहरु एक जुट भएर अगाडी बढ्न को बिकल्प नरहेको जानकारी दिनु भयो । त्यसैगरी केन्द्रीय उपाध्यक्ष खड्ग बहादुर बस्नेले अाज यश साधारणसभा ले बन्ने नयाँ कार्य समिति कुल र वंश उत्थान का कार्य मा शशक्त भएर अगाडी बढने छ र भावि दिन मा यश क्षेत्र बाट केन्द्रीय महाधिवेशन का लागि योग्य र सक्षम नेतृत्व महाधिवेशन प्रतिनिधि भएर आउने छ भन्ने विश्वास व्यक्त गर्नु भयो साथै उहाँ ले बेलबारी मा रहेको खप्तडी बस्नेत धार्मिक वन लाई एक पर्यटकीय क्षेत्र को रुपमा बिकसित गर्ने अवधारणा का साथ अगाडी बढिरहेको समयमा त्यस क्षेत्र को बिकास बिस्तारमा बन्धुहरु को सहयोग समेत रहनेछ भन्ने बिश्वास व्यक्त गर्नु भयो र नयाँ बन्ने कार्य समिति लाई बधाई समेत दिनु भएको थियो ।

मन्तव्य कै सिलसिलामा कार्यक्रमका बिशिष्ठ अतिथि प्रमुख वंशलता राम बहादुर बस्नेत ले अाफुले २०४४ सालमा  एक्लै वंशावली संकलन गर्दै गर्दा र क्रमिक रुपमा पछि सम्पूर्ण बन्धुहरु को साथ सहयोग मा २०५३ सालमा खप्तडी बस्नेत वंशावली को प्रथम संस्करण प्रकाशित भई आज हामी देश तथा विदेश मा संगठित भएको देख्न पाउँदा आफुलाई गौरव महसुस भएको कुरा जानकारी गराउनु भएको थियो । अब प्रथम संस्करण छुटेका बन्धुहरु र वंशावली प्रकाशन पछि जन्मिएका सन्ततीलाई जोड्न का लागि वंशावली को दोस्रो संस्करणको तयारी अगाडी बढि रहेको ले सम्पूर्ण देश तथा विदेश मा छिरिएर जानू भएका बन्धुहरु ले आफ्नो परिवार को पुस्तावली संकलन गरि यथासिघ्र केन्द्रीय वंशावली समितिको कार्यलयमा बुझाउनु हुने छ र दोस्रो संस्करण प्रकाशन लाई सहयोग गर्नु हुने छ भन्ने बिश्वास व्यक्त गर्नु भएको थियो ।

 प्रमुख अतिथि केन्द्रीय अध्यक्ष शिब बहादुर बस्नेत  ले अब सम्पूर्ण नेपाल का जिल्ला जिल्ला मा समिति र गाउँ स्तरका समिति हरु निर्माण गर्दै जिल्ला र गाउँ गाउँ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि बाट प्रजातान्त्रिक तरिकाले केन्द्रीय वंशावली समिति बन्ने छ , जस्को अभ्यास आज केराबारी बाट भई सकेको छ , यसरी सम्पूर्ण ठाउँहरु बाट अब महाधिवेशन प्रतिनिधि आउने छन र आसन्न महाधिवेशन यश किसिम निर्माण हुने कुरा जानकारी गराउनु का साथै कार्यक्रम को सफलताको शुभकमाना दिदै आफ्नो मन्यव्य लाई अन्त गर्नु भएको थियो ।

 कार्यक्रमका कुल र वंश उत्थान मा लामो समय देखि लागि पर्नु हुने प्रमुख वंशलता रामबहादुर देखि लिएर केन्द्रीय संस्थापक लक्ष्मण बस्नेत सदस्य , कुल मन्दिरका जग्गादाता टिकारा बस्नेतका साथै मरणोप्रान्त सम्मानित हुने मा केराबारी समिति का पुर्व अध्यक्ष स्व. देवि बहादुर बस्नेत सम्म लाई सम्मान गरिएको थियो । 

यस साधारणसभा ले नयाँ कार्यकाल का लागि इतिहास बिद् धरान बहुमुखी क्याम्पस का प्रध्यापक भिम बहादुर बस्नेत को नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति बनेको छ ।

जस्मा निम्नानुसार सदस्य रहेका छन् 

१. अध्यक्ष : भिम बहादुर बस्नेत २. उपाध्यक्ष : कुल बहादुर बस्नेत ३. सचिव : टिकाराम बस्नेत ४. कोषाध्यक्ष : राजेन्द्र बस्नेत ५. सह – सचिव : पुष्प बस्नेत ६. सदस्य : कमल कुमार बस्नेत ७. सदस्य : मान बहादुर बस्नेत ८. सदस्य : हरि बहादुर बस्नेत ९. सदस्य : खगेन्द्र बस्नेत १०. सदस्य : शोक बहादुर बस्नेत ११. सदस्य : अमन बस्नेत सहित ११ सदस्यीय नयाँ कार्य समिति

सहित ११ सदस्यीय नयाँ कार्य समितिले थप ६ सदस्यीय मनोनीत गरि समिति लाई १७ सदस्यीय बनाईने जानकारी नव निर्वाचित अध्यक्ष भिम बहादुर बस्नेत ले बताउनु भएको छ । साथै नव निर्वाचित अध्यक्ष भिम बहादुर बस्नेत ले आफु निर्वाचित भएर  पद सम्हाल्ने अवसर पाएकोमा आफुलाई गौरवान्वित महसुस गर्नु का साथै म आफै मा पनि इतिहास बिद् र यसै बिषयमा लामो समय धनकुटा बहुमुखी क्याम्पस र हाल धरान बहुमुखी क्याम्पसमा प्रध्यापक समेत रहेकाले अाफुले आफ्नो वंश को इतिहासका बिषयमा खोज र यश समिति लाई अगाडी बढाउने जिम्मेवारी पाएको र खप्तडी बस्नेत बिषयमा आफुले खोज गरे अनुसार खप्तडी बस्नेतहरु यश क्षेत्र खास गरि नेपाल को कार्णाली अञ्चल को खसान क्षेत्र खस क्षेत्रीहरु को आदि स्थल रहेको र हामी खप्तडी हरु कक्केसिय बाट कास्मिर हुँदै खस प्रदेश मा आएको कुरा उहाँले बताउनु भयाे  साथै हाम्रो खप्तडी बस्नेतहरु ले आफ्नो खस पहिचान बिर्सदै गएको अवस्थामा अव केराबारी बाट सम्पूर्ण कुल पुजा ( देवाली पुजा ) लाई खस परम्परामा अन्तर्गत संञ्चलन गर्ने र खसको पहिचान लाई सुरक्षित राख्न आफु नेतृत्व को समिति ले गर्ने जानकारी दिनु भएको थियो । यस समिति को छैठौं साधारणसभा सभालाई खप्तडी बस्नेत युवा समाजका पुर्वाञ्चल अध्यक्ष समन सिंह बस्नेत ले गर्नु भएको थियो भने कार्यक्रम को सभापतित्व अध्यक्ष लालबहादुर बस्नेत  ले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।