0 COMMENTS

मिलन चाम्लीङ् धरान,२९पुस०७४/ युनाइटेड गोर्खा एकेडेमी धरान बिगत ५ बर्ष देखि निरन्तर आयोजना गर्दै आएको युनाइटेड गोर्खा एकेडेमी इन्टर स्कुल भलिबल कपको उपाधी पुरुष तर्फ आयोजक युनाइटेड गोर्खा एकेडेमीले आफ्नो पोल्टामा पारेको छ ।

महिला तर्फ हाम्रो इङलिस बोर्डिङ स्कुल इटहरीले प्राप्त गरेको छ।पुलिस स्कुल धरान १३ दोस्रो र ज्ञानदर्पण एकेडेमी इटहरी ४ तेस्रो पुरुष तर्फ छन भने महिला तर्फ लगातार डिपोट उच्च माबी धरान १८र सेक्रेट हर्ट स्कुल दोस्रो र तेस्रो भएको छ।बिजेता टिमले लगातार १५०००,१२०००,१०००० साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

बेस्ट प्लेयर,स्प्लेयर,डिफेन्स,लिफ्टर,ब्लकर पुरुष तर्फ रिजन बिष्ट,विवेक चौधरी,आशिष् राई,बिस्वास मगर,हाङ्दिप राईले उपाधि पाएको छ भने महिला तर्फ निलम थापा,सन्ध्या श्रेष्ठ,निसा राई,लाउफ लिम्बू र रितिका लिम्बुले उपाधीसंगै १२०० को साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।