0 COMMENTS

धनगढी२८पुस०७४/ कञ्चनपुरको बेलौरीबाट नक्कली पैसा छाप्ने गिरोहका २ जना भारतीय नागरिक प्रहरीको क्षेत्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।

भारतको लिभीत बस्ने २२ वर्षीय बलवीर सिंह र त्यसै स्थानका १९ वर्षीय अनमोल भनिने कृष्ण सिंहलाई प्रहरीले पक्राउ गरेको छ । दुवै जनालाई कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर–६, को नेपाल भारत सीमा क्षेत्र दशगजा नजिक दुमली भन्ने स्थानबाट पक्राउ गरिएको प्रहरी क्षेत्रीय अनुसन्धान ब्यूरो सुदूरपश्चिमले जानकारी दिएका छन्।

पक्राउ परेकाहरुबाट नेपाली एक हजार रुपैयाँको नक्कली नोट बनाउन राखिएका कागज, नक्कली पैसा बनाउन प्रयोग गरिने केमिकल र लेन्स पनि बरामद गरिएको प्रहरीले बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।