0 COMMENTS

मिलन चाम्लीङ,धरान २६पुस०७४/इटहरी उप -महानगरपालिकाले  सि.एफ.एल बल्ब खरिद  प्रकरणकाे अनुगमन तथा छानबिन समीतिले तयार  गरी बुझाएकाे प्रतिबेदन उप-महानगरपालिकाले  जनता सामु सार्बजनिक गराकाे छैन । 

उपमहानगरपालिकाले सि.एफ.एल बल्ब खरिदमा  आर्थिक  अनियमितता भयकाे भन्ने कुराउठेपछि उक्त बिषयकाे सत्य तथ्य जानकारिकालागी उक्त बिषयमा अनुगमन तथा छानबिन समीति गठन गरीएकाे थीयाे र उक्त बिषयलाइ छानबिन कमिटिले अध्यन गरी इटहरी उप-महानगरपालिका प्रमुख द्दारिकालाल चौधरीलाई बुझाउदा  पनि  उप-महानगरपालिका  ले भने उक्त प्रतिबेदन जनतासामु सार्वजनिक  गराएकाे छैन ।
इटहरी उप-महानगरपालिका क्षेत्रका सडकमा प्रयोग गर्न भनि खरिद गरिएको सिएफएल बल्ब र सेटमा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यलयले कागज लगेपछि उप-महानगरपालिका आफैले पनि वडा नं ६को वडाध्यक्ष दिपक गौतमको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको थियाे ।

प्रतिबेदनमा उप महानगरपालीकाले गठनगरेकाे ७ सदस्य छानबिन समीतिले तयार गरी  बुझाएको प्रतिबेदनमा आर्थिक बर्ष २०७४/०७५मा  खरिद गरिएको सि.एफ.एल बल्ब तथा उपकरण बजार भाउ भन्दा २० प्रतिशतसम्म महंगोमा खरिद गरिएकोकुरा उल्लेखरहेकाे कुरा एक जानकारले बतायका छन ।भने   उपमहानगरपालिका प्रमुखले भने साे छानबीन कमीटीले तयार गरेकाे प्रतिबेदन सार्बजनिक गर्न अानाकानी गरीरहेकाे स्थानीयहरू बताउछन ।उपमहानगरपालिकाले ०७४ साउन देखि कार्तिक ७ गतेसम्म बल्ब खरिद गरेको थिए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।