0 COMMENTS
बासुदेब सेढाई

राष्ट्रबादि नागरिक जुट एकैतिर
झुक्न नदेउ नेपालीको बिश्व सामु शिर
किन झुक्ने सगरमाथा बिश्वकाे शिर हुँदा
के हेर्दै छाै देशभक्त हाे नेपाल अामा रुँदा ।
मातृभूमि प्रति हामीले गर्न हुन्न घात
३ करोड नेपाली हाे जुटाैं एकैसाथ
के छैन र याे देशमा किन निराश हुनि
नेपाली हाे देशकै सेवा गराैं जुनिजुनि ।
टिस्टा देखि कांगडा हाे भन्थे हाम्रो सिमा
खुम्चियर बसेका छाै मेचि माहाकालिमा
खुम्चियकाे सिमानामा अतिक्रमण फेरि
त्यै कारणले राेहिरहेकि छन् नेपाल अामा मेरि ।
याे देशकाे अाँसु पुछ्ने काे जन्मेला वीर
स्वाभिमानी नेपालीको उठाउन शिर
नेपाली कै साहासले बिश्व डर्थ्याे पैले
संसार जित्ने गाेर्खालि हाे काहा पुग्याै ऐले
नालापानी युद्ध लडे पानी नखाई कन
पुर्खालाई के जवाफ दिन्छाै नेपाली हाे भन
सयौं पार्टी याे देशमा हजारौं छन् नेता
देश चलाउन नसक्ने भय तिम्रो काम के त ।
प्रकृतिको बर्दान नै हाे हिमाल पहाड तराई
नेपालीले नेपाली लाई किन ठान्छाै पराइ
सबैखाले भेदभावको अन्त्य गराै अब
काेहि छैन सानाे ठुलो नेपाली हाै सव ।
३ करोड नेपाली मै जागाेस् देशभक्ति
नेपाल काे रक्षा गर्ने बनाेस् नयाँ शक्ति
सम्पत्ति नै ठुलो हाेईन देश ठुलो हुन्छ
राष्ट्रघात भयो भने देशको माटो रुन्छ
सत्ता शक्ति सम्पत्ति मै लिप्त हुने नेता
कसकाे लागि गुथेकाे हाे राजनीति काे फेटा
भैराकाे छ नागरिक र देशकाे दुरगति
कैले अाउला देशकाे सेवा गर्नलाई मति ।
बुद्ध जन्मे यै देशमा बिश्वकाे शिर यहाँ
स्वर्ग जस्तो हाम्रो भुमि अन्त छर काहा
बिश्व शान्ति अभियानकाे बिगुल फुक्नुपर्छ
गाैरब शालि नेपाल सामु बिश्व झुक्नु पर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।