0 COMMENTS

 रमीला बस्नेत,पोखरा, १९ पुस ०७४/ राष्ट्रिय खेलकुद परिषद्को च्याम्पियनसिपअन्तर्गत आजदेखि पोखरा रंगशालामा १८औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता अाजबाट शुरु भएको छ ।

अाज पाेखरा रंगशालामा भएकाे साे उद्घाटन  कार्यक्रममा उद्यपुर ह्याण्डबल एकेडेमीलार्इ निरन्तर ह्याण्डबल खेलकाे बिकाश, तथा राष्ट्रिय अन्तराष्ट्रिय खेलाडीहरू उत्पादन गरी  नेपाल ह्याण्डबल संघ तथा सीङ्गाे राष्ट्रलाइनै ठुलाे  याेगदान गरेकाे भन्दै उद्यपुर ह्याण्डबल एकेडेमीकाे तर्फबाट एकेडेमीका अध्यक्ष बिदुर रार्इ लार्इ माला, खादा र मायाँकाे चीनाे प्रदानगरी  सम्मान गरीयकाे थीयाे ।  

नेपाल ह्याण्डबल संघको सहयोगमा कास्की जिल्ला ह्याण्डबल संघको आयोजना र हङ्कङ ब्यूटी इन्स्टिच्यूटको मुख्य प्रायोजनमा शुरु भएको सो प्रतियोगितामा पाँचवटै विकास क्षेत्र, सशस्त्र प्रहरी र नेपाली सेनाको महिला तथा पुरुषका गरी सात÷सात समूहले भाग लिएका छन् ।

‘मेरो गौरव, मेरो पौरख, मेरो खेलकुद, महिला सशक्तीकरणका लागि ह्याण्डबल’ भन्ने मूल नाराका साथ आयोजना गरिएकोे सो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः रु ३० हजार, रु २० हजार र रु १० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

सन् २०१९ मा नेपालमा आयोजना हुने १३औँ साग खेलका लागि प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरिने नेपाल ह्याण्डबल संघका केन्द्रीय अध्यक्ष तेज गुरुङले जानकारी दिनुभयो ।

आजको शुभारम्भ खेल पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी र सुदूरपश्चिमाञ्चल तथा महिलातर्फ सशस्त्र प्रहरीको एपिएफ क्लब र सुदूर पश्चिमाञ्चल टिमबीच भएको थियो । प्रतियोगिता पुस २२ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।