0 COMMENTS

घरबाहिर हिँड्दा सार्वजनिक शौचालयमा शौच त पक्कै गर्नुभएकै होला । याद गर्नुभएको छ, प्रायः सार्वजनिक शौचालयको ढोकाको तल्लो भागमा केही खाली छोडिएको हुन्छ नि ? मल, फिल्म हल, पार्कलगायत शौचालयमा यस्तो गरिएको हुन्छ । तर, ढोकामा तल्लोपट्टि दुई एक हातजति खाली किन राखियो होला ? यसको तात्पर्य थाहा छैन भने अब जान्नुहोस् :

१. सार्वजनिक (प्रायः पार्क तथा बगैंचा)मा भएको शौचालयमा जोडीहरु अनैतिक क्रियाकलापमा सक्रिय हुन सक्छन् । सँगै शौचालय प्रवेश गरेर यौन कृयाकलापमा संलग्न हुन सक्छन् । त्यसैले यस्तो गतिबिधी नहोस् भनेर सार्वजनिक शौचालयको ढोकाको तल्लो भागमा खुल्ला राखिएको हुन्छ ।

२. त्यसो त सार्वजनिक शौचालयमा यौनजन्य क्रियाकलापबाहेक गलत गतिबिधि पनि हुन्छन् । जस्तैः लागूऔषध सेवन, जाँडरक्सी पिउने आदि । यस्ता गतिबिधि नहुन् भनेर पनि ढोकामुनी खाली राखिन्छ ।

३. बच्चाहरु निकै नै चकचके स्वभावका हुन्छन् । जहाँ, जतिबेला पनि आपतकालिन अवस्था सिर्जना गरिदिन सक्छन् । केटाकेटी शौचालयमा छिरेर खेल्दाखेल्दै चुकुल लगाइदियो भने त बित्यास नै पर्छ । यस्तो अवस्थामा बच्चालाई सजिलै बाहिर निकाल्न सकियोस् भनेर सार्वजनिक शौचालयको ढोकामुनी खाली ठाउँ राखिएको हुन्छ ।

४. ठूलै मान्छे पनि शौचालयमा रहँदारहँदै बेहोस हुन सक्छ । यस्तो अवस्था निम्तिए ढोका मुनीको खाली भागबाट सजिलै निकालेर बचाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।