0 COMMENTS

मानिसको शरीरलाई स्वस्थ र फिट हुनको लागि पानीको निकै ने ठूलो भूमिका रहेको हुन्छ । मानव शरीरमा पानीको मात्रा ५०–६० प्रतिशत हुन्छ । पानीले शरीरका अंगहरुको पनि रक्षा गर्छ । पानीले नै मानव शरीरको कोशिकाहरुमा पोषक तत्व पूराउने काम गर्छ । साथै पानीबाट मानव शरीरमा चाहिने अक्सीजनको पनि सञ्चार गर्छ । यी बाहेक पानीले मानव शरीरको तापमानलाई पनि नियन्त्रण गर्छ । तर के तपाईंलाई थाहा छ बिहान उठेर खाली पेटमा पानी पिउनुको कति फाइदा छन् ? जब तपाईं बिहान उठ्नुहुन्छ तब तपाईंको शरीरलाई पानीको निकै नै जरुरत भएको हुन्छ । त्यसैले बिहान उठ्ने बित्तिकै २–३ गिलास पानी पिउनुपर्छ । हरौं बिहान खाली पेटमा पानी पिउँदाका ५ फाइदाहरु के–के छन् त ।

बिहान उठ्र खाली पेटमा पानी पिउँदा शरीरमा रहेका बिषालु पदार्थहरु हटेर जान्छ, जसले रगत सफा हुन्छ । रगत सफा भएपछि छालामा चमक आउँछ ।
शरीरको आफ्नो रोग प्रतिरक्षत्मक क्षमता हुन्छ जसले इन्फेक्शन र खराब कोशिकाहरुसँग लड्न मद्दत गर्छ । पानी पिउनाले शरीरको इन्फेक्शनसँग लड्ने क्षमतामा बृद्धि हुन्छ । जापानी मेडिकल सोसाइटीका अनुसार खाली पेट पानी पिउनाले टाउको दुख्ने, मुटु रोग, एपिलेप्सी, मोटोपन, आस्थमा, टीबी, किडनी वा युरीनका रोगहरु, वाकवाकी, ग्याँस, डायबिटीज, पखाला, कब्जीयत, पाइल्स, क्यान्सर, आँखा, नाक, कान र घाँटीका रोगहरुको लागि पनि निकै फाइदा जनक हुन्छ ।

यसले मेटाबोलिज्म सक्रिय हुन्छ । त्यसैले बिहान उठेर खाली पेटमा पानी पिउँदा तौल पनि घट्छ ।बिहान उठेर पानी पिउनाले शरीरमा नयाँ कोशिकाहरुको निर्माण हुन्छ । यो बाहेक खाली पेटमा पानी पिउँदा माम्सपेसीहरु पनि बलियो हुन्छन् । बिहान उठेर पानी पिउँदा गाला, महिनावरी, आँखा, पिशाब र किडनी सम्बन्धी थुप्रै समस्याहरुबाट मुक्ति मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।