0 COMMENTS

भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पछि मुलुकमा अामुल परिवर्तनको अासा अाम नागरिकहरुले गरेका छन् । स्थिर सरकार , राजनीतिक स्थायित्व , सुसासन , राेजगारिकाे अवसरकाे अासामा नागरिकहरु छन् । अाफ्नाे संविधान अाफैले बनाउन पाउने अधिकारकाे लागि नागरिकहरुले संघर्ष गरेको धेरै भयाे त्याे अधिकार त प्राप्त भयाे तर नागरिकका जनजिविका संग जाेडियका समस्याहरु यथावत छन् । गरिबि , वेराेजगारि , अशिक्षा , भ्रष्टाचार , लुट , ठगि , तस्करी , महंगि , हिंसा , हत्या , अातंक जस्ता समस्यामा नागरिकहरु छन् ई समस्याहरु संग जुध्न सिङ्गै देश र सम्पूर्ण नागरिकहरु एकजुट हुन पर्नेछ । चुनावलाई पार्टीको जित र हार संग नभयर सिङ्गो देशकाे जित र अाम नागरिकको जित वनाउनुपर्नेछ ।

पार्टी र नेताहरू जसकाे हारजित भयपनि लाेकतन्त्रकाे जित भयकाे छ । सधैं अस्थिरता र संक्रमणकाल वाट दिक्क नागरिकलाई केही अासा त पलायकाे छ तर चुनाव सकिने वित्तिकै सत्तापक्षकाे सत्ताकाे खिचातानी र प्रतिपक्षले १८ मैनापनि सरकार टिक्नै नदिने अभिब्यक्तिले फेरि नागरिकहरुलाई निराश पार्ने त हैनन् ? जनमत अनुसार बामगठबन्दन ले सरकार बनाउने र नेपाली काङ्ग्रेस प्रतिपक्षमा रहेर सरकारकाे गलत कामकाे भन्डाफाेर गर्ने र राम्रो काममा सहयोग गर्दै नागरिककाे बिश्वास जित्ने काम गर्नु राम्रो हुन्छ । नेपाली काङ्ग्रेस लाई वहुमत दियर र माअाेवादिलाई ठुलो पार्टी वनायर नागरिकहरुले हेरिसके अब एमाले माअाेवादिकाे वामगठवन्दनकाे सरकार र काङ्ग्रेस प्रतिपक्षमा वसेकाे हेर्ने नागरिकको चाहनालाई सम्मान गर ।

सत्तापक्षले जितकाे दम्भ देखाउने र प्रतिपक्षले सरकार अस्थिर वनायर कामै गर्न नदिई नागरिक सामु असफल वनाउने रणनीति नहाेस् किनकि याे देश र नागरिकको लागि दुर्भाग्यपूर्ण हुनेछ । सत्तापक्ष र प्रतिपक्ष एकजुट भयर मुलुकमा समस्या संग जुधेर समाधान निकाल्नु अाजकाे अावस्यकता छ र नागरिकको चाहना पनि एहि हाे अासामा रहेका नागरिकहरु निरास नपार  ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।