0 COMMENTS

बेनी, म्याग्दी, २ पुस ०७४/पश्चिम नेपालको पशुपतिनाथका नामले परिचित म्याग्दीको गलेश्वरधाम क्षेत्रको पश्चिमतर्फ रहेको सल्लेरीको जंगलमा काठमाडौँको पशुपतिनाथ परिसरबाट ल्याएर छोडिएका बाँदरको बिगबिगी बढेपछि कृषकलाई समस्या भएको छ ।

बेनी नगरपालिका वडा नं ९ मा पर्ने सल्लेरीको जंगलमा विगत केही वर्षयता अप्रत्यासितरुपमा बाँदरको संख्यामा वृद्धि भएपछि स्थानीय कृषकले लगाएको अन्नबाली सखाप पार्नुका साथै गलेश्वर शिवालय क्षेत्रमा दर्शनका लागि पुगेका भक्तजनलाई दुःख दिने गरेको छ ।

पाँच वर्षअघिसम्म नगन्यमात्रमा देखिने बाँदर त्यसपछिका वर्षमा हुलका हुल देखिन थालेपछि स्थानीय बासिन्दा आतंकित बनेका छन् । बाँदरले कृषकले लगाएको अन्नबाली नष्ट गर्नुका साथै घरभित्र नै पसेर क्षति पु¥याउन थालेपछि कृषक समस्यामा परेको प्रकाश शर्माले बताउनुभयो ।

शर्माले दिएको जानकारीअनुसार केही वर्षअघि काठमाडौँको पशुपति क्षेत्रमा रहेका बाँदरमा प्राणघातक रोग देखापरेपछि ती बाँदरलाई गलेश्वर क्षेत्रमा लगेर छोडिएको भन्ने चर्चा चलेको थियो ।

बाँदरका कारण सल्लेरी तथा त्यस क्षेत्र वरपर बसोबास गर्ने कृषकले लगाएको नगदेवाली, बेमौसमी बालीलगायत फलफूल खेतीमा ठूलो क्षति पुगेको स्थानीय रामदास बैरागीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।