0 COMMENTS

कृष्ण हमाल / राजु पहारी दर्शन । रोजगार को सिलसिला मा बहराइनमा रहदै आयका नेपालीहरु को साझा चौतारीको रुपमा रहेको नेपाली क्लबले १५ तारिख का दिन डेल्मोन इन्टरनेसनल होटलमा साझ सांस्कृितक कार्यक्रम आयोजना गरेको छ । बृहत् नेपाली सांस्कृितक साझ २०१७ को तयारीको जानकारी दिदै नेपाली क्लब बहराइनका अध्यक्ष कमल श्रेष्ठले तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । सांस्कृितक संरक्षणका साथै एसपाली अलिक ब्यग्लै खाले प्रस्तुती गर्दै छौ ।

यड्रीन प्रधान को लाइभ ब्यान्ड का साथै लोक तथा दोहोरि गायिका रिता केसि र लोकदोहरी गायक सन्जय गुरुङको बहराइन आउने सबै प्रक्रिया पूरा भयको छ । हामी निरन्तर कार्यक्रम सफल र भब्य बनाउदै छौ अध्यक्ष ले थप्नु भयो । एसो त बहराइन मा सास्क्रीतिक कार्यक्रम भैरहन्छन तर अलिक प्रीथक शैलीको लाइभ ब्यान्ड सहित यो हुन लागेको यो कार्यक्रमले धेरै को ध्यान खिचेको छ ।

प्रचारप्रसार , कलाकारको भिसा तथा टिकट प्रक्रिया र सकियको र बाकी रहेका कामहरु छिटो भन्दा छिटो सक्ने क्लब का महासचिव राजु पाहारी बताउनु हुन्छ। एसै सन्धर्भ मा बहराइनबासि सम्पुर्ण नेपाली आमा बुवा,दाजुभाइ ,दिदिबहिनी र श्रमजिबि ,ब्यावसायी ,पत्रकार सामाजिक सस्थाहरु, राजदुतावास लगायको सबैलाई नेपाली क्लब को उथ्थान का निमित्त कार्यक्रम मा सहभागी भैदिन पनि महासचिव राजु पहारीले आग्रह गर्नु भयो । बहराइनमा नेपाली आस्थाको केन्द्रका रुपमा सन् २००० मा स्थापित क्लब एक मात्रै रजिस्टार नेपाली सस्था हो । हिजो राजदुतावास नहुदा राजदुतावास कै सरह नेपाली का हरेक समस्या सङ साथै रहन्थ्यो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।