0 COMMENTS

उदयपुर २३मंसिर ०७४/ नेपाल, जेसिज उदयपुर द्वारा राष्ट्रिय महिला ह्यान्डबलमा स्टार खेलाडीकाे रूपमा  परिचीत  रमिला बस्नेत  सहित पाँच जना व्यक्तित्व सम्मानित भएका छन् ।

जेसिज शाखा उदयपुरको सातौ साधारणसभा तथा जिल्ला अधिवेशनको क्रममा संस्थाले बिभिन्न क्षेत्रबाट अतुलनीय योगदान पुर्याएको भन्दै पाँच जना लाइ सम्मान गरेकाे हाे  जसमा  खेलकुदमार्फत कम उमेरमा नै  उदयपुर जिल्लालाई राष्ट्रिय ,अन्तराष्ट्रिय जगत सम्म  चिनाउने कार्य गरेको भन्दै उदयपुरकी  राष्ट्रिय  ह्याण्डबल खेलाडी रमिला बस्नेत लार्इ सम्मान गरीएकाे थीयाे ।यस्तै  सम्मानित हुनेहरुमा सन् २०१५ का लागि पूर्वमहासचिव राजकुमार शर्मा, संस्थाका लागि कानुनी परामर्शमार्फत योगदान पुर्याएको भन्दै कानुनी सल्लाहकार समेत रहेका राजाबाबु साह लगायत सम्मानित भए ।त्यस्तै जेसिज मार्फत बितरित राष्ट्रिय युवा प्रतिभा अवार्ड प्राप्त गर्ने विश्व  उल्टो मोटरसाईकल यात्री चित्रकुमार कार्की, जेसिज उदयपुरका संस्थापक अध्यक्ष मदनराज कटुवाल तथा सन् २०१५ तथा २०१५ का डाइनामिक लिडर अर्पणा पराजुली र कोशराज दाहाल, २०१६ डाइनमिक लिडर एकराज बस्नेत लगायतका पनि सम्मानित भएका थिए । उनीहरुलाई २०१७ अध्यक्ष जेसि रुपम अनुराग गुप्ताले दाेसल्ला अविर तथा मायकाे चिनाे दिएर सम्मानित गरिएको थियोे  ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।