0 COMMENTS
विष्णुकुमार प्रसाई

 चीनको तिव्वतमा पृथकतावादी गतिविधि चलाउँदा त्यहाँ ठूलो विरोध भएपछि तिव्वतबाट भागेर भारतको हिमाञ्चल प्रदेशमा वसेर विदेशीहरुको डिजाइनमा चीन विरोधी गतिविधि गरिरहेका दलाई लामा अवतारी लामा नभएर विदेशीका दलाल रहेछन् भन्ने कुरा अब बुझ्न बाँकी रहेन ।

नबुझेर नेपालका वौद्धमार्गीहरु र हिन्दु समुदायले दलाई लामालाई सम्मान नै गर्थे । मैले पनि उनलाई पत्रकारिताको शिलशिलामा हिमाञ्चल प्रदेशको धर्मशालामा भेटेका थिएँ । उनले मलाई सम्मान समेत गरेका थिए । तर उनको वास्तविकता बुझदै गएपछि मलाई उनीप्रति घृणा जाग्यो । उनी पश्चिमाहरुका गोटी मात्र होइन नेपाल र नेपाली विरोधीहरुका पनि गोटी बनेको देखेर उनीप्रति घृणाभाव पैदा भएको छ । उनले भारतको कुनै एक ठाउँमा पछाडि भारतीय अपराधीले सिकाए अनुसार २५ सय वर्षअघि नेपाल नै थिएन । गौतमवुद्ध भारतमा जन्मिएका हुन् भनेर बोलेको भिडियो सार्वजनिक भएको छ । उनी जस्ता भाडाका मान्छेले नेपाल विरुद्ध चाइनाविरुद्ध जे बोलेपनि अर्थ छैन । अज्ञानतामा उनको समर्थन गर्ने हामी सवैको आँखा खुलेको छ ।

नेपालमा दलाई लामाले निर्वासित सरकारको कार्यालय लाजिम्पाटमा खोलेको धेरै वर्ष भयो । साइनवोर्ड नराखी खोलिएको त्यो कार्यालय नेपाल सरकारले तुरुन्त बन्द गर्नुपर्दछ । चीनको सीमा क्षेत्रमा दलाई लामाले विभिन्न शंकास्पद गतिविधिहरु गराइरहेका छन् । यिनीहरुका गतिविधिहरुलाई तुरुन्त रोकिनु पर्दछ । लुम्विनी लगायत नेपालका कतिपय गुम्वामा पृथकतावादी, आतंककारी, नेपाल र नेपाली विरोधी दलाई लामाका फोटाहरु राखिएका छन् । ती फोटाहरु यथासिघ्र हटाइनुपर्छ । जसले लामाका फोटाहरु हटाउँदैन त्यसका गतिविधिहरु माथि निगरानी राखी कारवाही समेत गर्नुपर्छ ।

दलाई लामाले नेपालीहरुलाई मात्र होइन, विश्वसमुदायलाई पनि ‘ननसेन्स’ भनेका छन् । संसारलाई थाहा छ, वुद्ध नेपालमा जन्मेका हुन् । उनको विरोधमा अपशव्द बोल्ने लामा वौद्धमार्गी होइनन् । उनले वुद्धधर्मलाई पनि उत्कृष्ट धर्म होइन भनेका छन् । यि विदेशीका दलाललाई मौद्धमार्गीहरुले अव कसरी परम पावन भन्छन् ? यी त परम अपवित्र, क्षुद्र र भाडामा काम गर्ने उद्देश्य र लक्ष्यविहनी अपराधी रहेछन् । यिनर्कै योजनामा तिव्वतबाट कर्मपालाई भगाएर हिमाञ्चल प्रदेश पु¥याइएको छ । यिन लेलेखको ‘निर्वाशनमा स्वतन्त्रता’ जस्ता कैयन् पुस्तकहरु जो नेपालमा पाइन्छन् यिनका नाममा लेखिएका सवै पुस्तकहरु प्रतिवन्ध गरिनुपर्छ वा जलाइदिनु पर्दछ । सार्वभौम स्वतन्त्र देश नेपालबारे विवाद छर्ने, भगवान गौतम वुद्धको जन्मबारे भ्रम पैदा गर्ने र नेपाल भन्ने देश २५ सय वर्ष अघि थिएन भन्ने यि अपराधी दलाई लामालाई विश्व इतिहासको ज्ञान छैन । नेपालको इतिहास, संस्कृति र परम्पराको कुनै ज्ञान छैन । यी लामा भाषा नर्सरी पढेका व्यक्ति हुन् । यिनलाई हजारौ वर्ष पुरानो, लाखौ वर्ष पुरानो नेपालको धर्म, संस्कृति, परम्परा इतिहास कसरी थाहा हुन्छ ? अर्काले दिएको भात खाएर यसो यसो गर, यसो यसो भन भन्दा भन्ने दलाई लामालाई दाताले जेजे दियो त्यही खान्छन्, जेजे भन्यो त्यही त्यही बोल्छन् । उनलाई हामीले गाली गर्नु वा रिसाउनुको पनि कुनै अर्थ छैन ।

‘भतुवालाई जसले भात दिन्छ, उसको गीत गाउँछ’ भने जस्तै लामालाई वरिपरि घेरेका भारतीयहरुले जेजे सिकायो त्यही त्यहि बोलेको भिडियो युट्युममा भाइरल भएको छ । मर्ने वेलामा उनले नेपाल र नेपालीप्रति गरेको घातलाई धिक्कार छ । अरु भ्रमका खेतीबाट असफल भएपछि भारतीय अपराधी र फटाहाहरुले दलाई लामा नामका दलाललाई प्रयोग गर्यो । यो लघुताभाष वा क्षुद्रताका पराकाष्ठा हो । हुन त भारतमा पाठ्यपुुतक मै गौतमवुद्ध भारतमा जन्मिएका हुन् भनेर पढाइन्छ । छिमेकीमाथिको ज्यादित र संकुचित मानसिकता भनेको यही हो ।

हामीले नरेन्द्र मोदी नेपालको ताप्लेजुङको सिनाममा जन्मेको हो भनेर एउटा लामालाई प्रचार गराइयौ भने त्यो सत्य हुन्छ ? गौतम वुद्ध लुम्विनीमा जन्मिएका हुन् पनि भन्ने भारतमा जन्मिएका पनि हुन भन्ने दलाई लामाको दिमाग खुस्किएको हुन सक्छ । दिमाग नखुस्किएको भए आफ्नो देशको विरुद्ध विदेशमा गएर किन प्रयोग हुन्थे उनी ? संसारका सवै नेपालीले दलाई लामालाई किन घृणा गरिरहेका छन् अहिले ? के उनले राम्रो काम गरे ? २५ सय वर्ष अघि नेपाल देश नै थिएन भनेर भन्ने आँट उनले कसरी गरे ? वेद यही लेखियो, पुराण यही लेखियो, उपनिषद् यही लेखियो, सीता भृकुटी यही जन्मिए, जनक यहि जन्मिए, कालीदास यहि जन्मिए, पाणिनी यहि जन्मिए, व्यास यहि जन्मिए । ऋषि मुनीहरु यहि जन्मिए । यो कुरा दलाल लामालाई के थाहा । पुराण कहिले लेखियो ? हजारौ वर्ष पुरानो पुराणमा नेपालमा भगवान पशुपतिनाथको वास हुन्छ, त्यहाँ सनातन हिन्दुधर्मावलम्वी रहन्छन् जहाँँ सूर्यवंशीराजाले राज गर्छन् भनी उल्लेख छ ।

क्षणिक रुपमा विदेशी र विधर्मीको स्वार्थमा गणतन्त्र र धर्मनिरपेक्षता भनेपनि हाम्रो इतिहासमा हिलो छ्याप्ने काम गरेपनि यी सवै अस्थायी हुन यी सवै क्षणिक हुन् । हाम्रो वास्तविकतालाई कसैले मेट्न सक्दैन । हाम्रो चाहनालाई कसैले रोक्न सक्दैन, छेक्न सक्दैन । हाम्रो विरुद्ध छाद्नेहरुको छाद खिच्चा कुकुरले पनि खादैन यो कुरा भातमारा दलाई लामाहरुले बुझ्नु । यो कुरा उनलाई भातमा किन्ने र भुक्न लगाउनेहरुले बुझ्नु ।प्रतिस्पर्धा साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।