0 COMMENTS
 
बासुदेव सेडाइ

मंसिर १० र २१ काे प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचन मा तालमेल गरेर अघि बढ्ने र निर्वाचन पछि दुई पार्टी एकीकरण नै गर्ने सहमति का साथ अघि बढेका ने. क. पा. एमाले र माअाेबादि केन्द्रकाे तालमेल र पार्टी एकिकरणकाे बिषय अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा चलेकाे छ नेपालकाे हकमा भने मुख्य बहसको बिषयनै यै रहेको छ ।
ठुला २ दल र अन्य साना दलहरु मिलेर बनेको बाम गठबन्धन अागामि निर्वाचनमा दुई तिहाइ मत ल्याउने लक्ष्य लियकाे छ । देशमा शान्ति सुसासन कायम गरि मुलुककाे बिकास र सम्बृद्धिकाे लागि बाम गठबन्धनकाे सरकार अावस्यक रहेको भन्दै देश बिकासकाे माेडालिटि तयार गरि अाम मतदाताहरु संग अाफ्ना पक्षमा मतदान गर्न अपिल गरेका छन् । बहुदलीय ब्याबस्था सुरुभय यताका २८ बर्षमा झन्डै २२ बर्ष देशमा शासन गरेको र मुलकका महत्त्वपूर्ण राजनीतिक परिवर्तनमा नेतृत्व लियकाे पुरानो पार्टी नेपाली काङ्ग्रेस भने बाम गठबन्धन बाट अात्तियकाे देखिन्छ ।
देशमा यति लामाे समय शासन गरेको नेपाली काङ्ग्रेसले देशकाे बिकास र नागरिक काे हितमा काम गर्न नसकेकोले बाम गठबन्धनकाे सरकार अावस्यक रहेको बताउछन् बामपंथी दलहरु । हुनपनि याे २८ बर्षमा मुलुकमा बिकास भन्दा बिनास धेरै भयकाे छ । अात्मनिर्भर देश पुरै परनिर्भर भयाे , ५० लाख युवा बिदेश लखेटिय , देशका सिमा अतिक्रमण बढ्याे , राष्ट्रिय एकता खल्बलियकाे छ , भ्रष्टाचार बढेको छ यसकाे समाधानको लागि बाम एकता हाे भने स्वागतयोग्य कुरा हाे यसमा नेपाली काङ्ग्रेस अात्तिन अाबस्यक छैन किनकि कि बिकास अाफैले गर्न सक्नुपर्छ कि अरुलाई गर्न दिनुपर्छ ।
देशमा सुसासन कायम गरि बिकासकाे बाटोमा मुलुकलाई हिडाउन निस्वार्थ तरिकाले देश र नागरिकको हितमा काम गर्नकाे लागि हाे भने सम्पूर्ण नेपालीहरुले साथ सहयोग र समर्थन गर्नुपर्नेछ यदि दलिय स्वार्थ र नेताहरूका निहित स्वार्थकाे लागि एकता हाे भने याे स्विकार्य छैन । बिगतका क्रियाकलाप हेर्दा झट्ट बिश्वासकाे अाधार देखिन्न ।
माअाेबादि केन्द्र अाफ्नाे अस्तित्वकाे रक्षा गर्न र एमाले ठुलो पार्टी बनेर सत्तामा जाने दाउ मात्रै हाे भने याे गलत छ । जे हाेस् बाम एकता भयकाे छ यसलाई सकारात्मक रुपमा हेराै तर यदि चुनावी तालमेल पार्टी एकताकाे प्रयास बाट दुई दल बिचलित भय भने नेपालमा अाम नागरिकहरुले बामपंथिहरु लाई बिश्वास गर्ने छैनन् । बिगतमा जे जस्तो क्रियाकलाप भयपनि अब दुबै दल देश नागरिक प्रति जिम्मेवार भयर अगाडि बढ्नुपर्छ । यदि बाम गठबन्धनले चुनावमा राम्रो मत हासिल गरेर बिग्रदै गयकाे मुलुककाे अबस्थामा सुधार ल्याउन सकेभने उनिहरुकाे नाम नेपाली ईतिहासमा स्वर्णिम अक्षरमा लेखिनेछ यदि त्यसाे हुन नसकेको खन्डमा दुबै दलकाे अस्तित्व समाप्त हुनेछ ।
देशमा स्थिरता सुसासन नचाहने तत्वले याे गठबन्धन भत्काउन बलबुताले भ्याय सम्म प्रयास गर्नेछन् यसप्रति सजक हुन अाबस्यक छ । एकपटक बहुमतकाे बामपंथी सरकारले गरेका काम हेर्नेछन् नागरिकहरुले त्यसपछि फेरि जनताले निर्णय गर्नेछन् । नागरिकहरु शक्तिशाली छन् नेताहरू हाेईन राणा , पंचायत र राजा नागरिकहरुकाे बलले फालेका हुन नेताहरूकाे बलले हाेईन स्मरण रहाेस् राजनीतिकाे नाममा नागरिकहरुलाई धेरै खेलायाै अब पनि सुध्रिन नसके नागरिकहरुले अर्को बिकल्प खाेज्नेछन् बेलैमा सचेत बन । याे वा त्याे नाममा नागरिकहरुलाई झुक्याउने काम बन्द गर । नेपाल र नेपालीको हितकाे लागि सम्पूर्ण राजनीतिक दल र तिनका नेताहरू सच्चियर अगाडि बढ्नुस् याे अन्तिम माैका हाे भने अग्नि परीक्षा पनि हाे । जय मातृभूमि ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।