0 COMMENTS

मानिसहरु यौन सम्पर्क केवल आनन्द लिनका लागि गरिने ठान्छन् । तर नियमित यौन सम्पर्क गर्दा विभिन्न रोगबाट मुक्ति वा फाइदा हुने देखाएको छ ।

नियमित सेक्स गर्दा के के फाइदा हुन्छः

टाउको दुख्नेः
नेशनल सर्वे अफ सेक्सुअल एटीट्युड्स एण्ड लाइफस्टाइलले गरेको सोधले माइग्रेन भन्ने टाउको दुख्ने रोगका विरामीलाई नियमित सेक्स फाइदाजनक हुने देखाएको छ । सोधले महिनामा ५ पटक भन्दा कम सेक्स गर्नेहरुलाई माइग्रेन हुने नयाँ तथ्य पनि बाहिर ल्याएको छ ।

ब्लड प्रेशरः
उच्च रक्तचापका विरामीलाई पनि नियमित सेक्स फाइदाजनक रहेको अध्ययनले देखाएको छ । नियमित सेक्स गर्दा उच्च रक्तचाप नियन्त्रण हुने शोधको दावी छ ।

प्रोस्टेट क्यान्सरः
नियमित सेक्स गर्ने पुरुषलाई प्रोस्टेट क्यान्सरको खतरा निक्कै कम हुने दावी शोधकर्ताहरुले गरेका छन् । महिनामा २१ पटक वा नियमित सेक्स गर्दा प्रोस्टेट क्यान्सरको खासै खतरा नहुने उनीहरुको भनाइ छ ।

मोटोपनबाट:
मोटोपनबाट समस्यामा परेकाहरुलाई पनि नियमित सेक्स राम्रो मानिएको छ । कुनै पनि कसरत गर्नु भन्दा नियमित सेक्स मोटोपन घटाउन सहजसिद्ध हुने शोधकर्ताहरुको भनाइ छ ।

हृदयघातबाट कम खतराः
नियमित सेक्स गर्दा हृदयघातको खतरा पनि कम हुने अध्ययनले देखाएको छ । नियमित सेक्स गर्दा शरीरमा एस्ट्रोजन र टेस्टोस्टेरोनका संतुलन बनि राख्ने हुँदा हृदयघातको कम हुने चिकित्सकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।