0 COMMENTS

 रमिला बस्नेत , उदयपुर ,कात्तिक २५। कीर्तिमानी युवा सँघ नेपालद्वारा उदयपुरको गाईघाट माेतिगडा थाडिका मुसहर बालबालिकालाई पुस्तक हस्तान्तरण गरिएको छ। गरिब तथा बिपन्न बर्गका ,तथा बिध्यालयकाे पहुँचबाट टाढा रहेका बालबालिकालाई घरमै अभ्यास पुस्तिका दिई उनीहरूलाई पढ्नका लागि उत्प्रेरणा जगाइएकाे हाे।

गरिबिका कारणले तथा शिक्षाका अभाबले पनि बालबालिकालाई अभिभावकले बिध्यालय नपठाएको पाईएकाे कीर्तिमानी युवा संघ नेपाल माेतिगडा शाखा अध्यक्ष सागर चाैँधरिले बताएका छन। किर्तिमानी युवा संघ नेपाल ललितपुर शाखा अध्यक्ष स्वजन रघुबंशिकाे सहयोगमा संकलित पुस्तक किर्तिमानी युवा संघ नेपाल केन्द्रीय कार्य समितिको समन्वय र किर्तिमानी युवा संघ नेपाल माेतिगडा शाखाको अायाेजनामा शनिबार एक कार्यक्रम बिच मुसहर बालबालिकालाई पुस्तक हस्तान्तरण गरिएको हाे। किर्तिमानी युवा संघका केन्द्रीय अध्यक्ष चित्रकुमार कार्की ,पत्रकार तथा समाजसेवी देबराज राई, यस्तै समाजसेवी युवाहरु तथा किर्तिमानीका अध्यक्ष सागर चाैँधरि महासचिव बसन्त गजमेर,सदस्य गाेबिन्द खत्रि,लगायत बुद्धिजीवी ,समाजसेवी ,विभिन्न बिशिस्ट ब्यक्तिकाे उपस्थितिमा ५४ जना मुसहर बालबालिकालाई पुस्तक हस्तान्तरण गरिएको थियाे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।