नेशनल  प्याब्सन काठमाण्डौ जिल्ला कार्यसमिति द्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।

प्रधान मन्त्री राहतकाेषका लागी चेक हस्तान्तरण

काठमाण्डौ ३० भदौ०७४/निजी बिध्यालयहरुको संगठन राष्ट्रिय निजी तथा आवासीय विध्यालय यसोसिएसन नेपाल ( नेशनल  प्याब्सन )जिल्ला कार्य समिति काठमाण्डौले  काठमाण्डौको मीत्रपार्कमा  रहेको गोल्डेन लाइट पार्टि प्यालेसमा एस.इ.इ सम्मान तथा हिन्दुहरूकाे माहान चाड  बीजया दशमी,तीहार तथा छठको उपलक्षमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको थीयो ।

मन्तब्य राख्दै प्रमुख अतिथि मा. शिक्षा राज्यमन्त्री (शेषनाथ अधिकारी)

प्रमुख अतिथि माननीय शिक्षा राज्यमन्त्री शेषनाथ अधीकारीले पानसमा दिप प्रज्ज्वलन गरी उद्घाटनगर्नुभएकाे उक्त कार्यक्रममा विशिष्ठ अतिथी नेसनल प्याब्सनका राष्ट्रिय अध्यक्ष कर्ण वहादुर शाही र कामाण्डौ जिल्ला शिक्षा अधिकारी प्रकाश सापकोटा, विशेष अतिथिहरुमा नेसनल प्याब्सनका वरिष्ठ उपाध्यक्ष सुर्य बहादुर अधीकारी ,मनोज घिमिरे,प्रकाश पाण्डे,कुमार भट्टराइ,श्रृतुराज सापकोटा,लगायत शिक्षा सेवीहरुको बाक्लो उपस्थीती रहेको थीयो ।

एस.इ.इ परीक्षा २०७३मा काठमाण्डाै बाट ३.९ जीपिए ल्याउन सफल उत्कृष्ठ चार तथा छात्रा तर्फ प्रथम रहेकी माउष्ट एभरेष्ट कपन कि सुस्मीता सापकाेटा सम्मान लीदै ।

नेशनल  प्याब्सन काठमाण्डौ जिल्ला कार्य समितिले तराईका बाढीपीडीतहरुको  सहयोगार्थ संकलनगरीएकाे नगद  रु ५१५५१७ (पाँच लाख पन्ध्र हजार पाँच सय सत्र) रुपैयाको चेक प्रमुख अतिथि माननीय शिक्षा राज्यमन्त्री शेषनाथ अधीकारी मार्फत प्रधान मन्त्री राहत कोषकालागी हस्तान्तरण गरीएको थीयो ।

कार्यक्रममा एस.इ.इ परिक्षा २०७३ मा उत्कृष्ठ अंक हासील गरी  उत्रीण हुने काठमाण्डौका चार जना उत्कृष्ठ बिध्यार्थी तथा स्कुल र शिक्षकहरुलाइ सम्मान गरीएको  थीयो ।

एस.इ.इ परीक्षा २०७३ मा काठमाण्डाैमा उत्कृष्ट चारमा सफल बिध्यालय माउष्ट एभरेष्ट स्कुलका प्रीन्सिपल कमल प्रसाद नीराैला सम्मान ग्रहण गर्दै ।

 सम्मान हुनेहरुमा  बुढानीलकष्ठ नगरपालीका १० कपनमा रहेको माउष्ट एभरेष्ट स्कुल बाट एस.इ.इ परिक्षा मा ३.९ GPA ल्याइ उत्रीणहुने सुस्मीता सापकोटा, त्री रत्न आवासीय बिध्यालकका दिपेश सीमखडा,माइल स्टोन युथ इङ्गलीस स्कुलका अस्वीन चालीसे र लीटील बुध्द एकेडेमीका नीशान ढकाल रहेकाछन ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि माननीय शिक्षा राज्यमन्त्री शेषनाथ अधीकारीले निजी बिध्यालयहरुको संगठन राष्ट्रिय निजी तथा आवासीय विध्यालय यसोसिएसन नेपालले देशलाइ शिक्षा क्षेत्रमा मात्र नभई देशलाइ संकट पर्दाको अबस्थामा समेत राहत संकलनगरी प्रधानमन्त्री राहतकोषमा संकलन गराएकोमा धन्यबाद दिनु भएको थीयो ।अहीलेकाे अबस्थासम्म सामुदायीक विध्यालयमा सरकारले धेरै ठुलो लागनी गरेपनी केही अपबादलाइ छोडेर सामूदायीक बिध्यालयहरु बाट सन्तुष्टि लीने ठाउ नरहेको कुरा ब्यक्त गर्दै अंग्रेजी भाषा विश्वमा प्रवेश गर्ने माध्यम हो यो भाषा विश्वमा प्रवेश गर्ने साधन हो साध्य हैन यसको अलावा बिध्यार्थीहरु लाइ बिज्ञान,गणीत लगाएतका बिषयलाइ जोड दिने र नेपाली कला संस्कृती भेष भुषा को जगेर्ना गर्दै नेपाली भाषा लाइ पनी बिशेष प्राथमीकताका साथ शिक्षण गराउनुहुन अनुरोध गर्नु भएको थीयो ।

 उक्तकार्यक्रमको सभाअध्यक्ष राष्ट्रिय निजी तथा आवासीय विध्यालय यसोसिएसन नेपालका काठमाण्डौ जिल्लासमिति अध्यक्ष  बिष्णु प्रसाद पराजुलीले गर्नु भएको थीयो भने कार्यक्रमका सहभागीहरुलाइ खडक बस्नेत ले स्वागत मन्तब्य ब्यक्त गर्दै स्वागत गर्नु भएको थीयो ।