0 COMMENTS

बलिउड अभिनेत्री र मिस इन्डिया सेलिना जेट्ली एक पटक पुनः जुम्ल्याहा सन्तानकी आमा बन्ने तयारीमा छिन् ।दोस्रो पटक आमा बन्न लागेकी सेलिनाले आफ्ना विभिन्न फोटो सोसल मिडियामा सेयर गर्ने गर्दछिन् ।

सेलिना अहिले अस्ट्रियामा छिन् र बेबी मूनको मज्जा लिइरहेकी छिन् । केही दिन अघि उनले आफ्नो सोसल ह्यान्डलमा एउटा तस्बिर सेयर गरेकी छिन् । तस्बिरसहित सेलिनाले भविष्यका आमाहरुका लागि सन्देश पनि दिएका छन् । बाथ टबमा खिचिएको उक्त तस्बिरमा सेलिनाले आफ्नो ‘बेबी बम्प’ देखाइरहेकी छिन् ।

बेबी बम्प देखाउँदै खिचिएका विभिन्न तस्बिर उनले पहिले पनि सार्वजनिक गर्दै आएकी छिन् । योभन्दा अघि पनि उनले बेबी बम्प देखाउँदै बिकिनी फोटोसुट गराइसकेकी छिन् । एकातर्फ आफ्नो नयाँ तस्बिरमार्फत सेलिनाले सन्देश दिने कोसिस गरेकी छिन् भने दोस्रोतर्फ यसबारे निकै विवादास्पद प्रतिक्रिया पनि आइरहेको छ ।

सेलिनाले उक्त तस्बिर र सन्देश मिस मालिनी नामक एक वेबसाइटसँगै साझा गरेकी छिन् र त्यसलाई आफ्नो विभिन्न सोसल ह्यान्डलमा सेयर गरेकी छिन् ।

आफ्नो सन्देशमा उनले महिलालाई ‘नेगेटिभ बडी इमेज’बाट बाहिर निस्कनका लागि सन्देश दिएकी छिन् जस्तो कि साधारणतया यसलाई गर्भावस्थासँग जोडेर हेरिन्छ । उनको उक्त तस्बिर उनका श्रीमान् पिटरले खिचेका हुन् । सेलिना थप्छिन्, ‘महिला भएपछि हामीले आफ्नो शरिरको विषयमा राम्रो महसुस गर्न आवश्यक छ र गर्भावस्थाका बेला हुने परिवर्तनलाई स्वागत गर्नुपर्ने हुन्छ ।’

एकातिर सेलिनाको यो सन्देश संसारभरीका महिलाका लागि हो भने केही मानिसहरुलाई भने उनको सन्देश दिने तरिका मन परेन ।बीबीसी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।